काठमाडौं। म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा पेरिस सेन्ट जर्मन (पीएसजी) लाई ३-१ को नतिजा सुम्पिएपछि च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने सम्भावना धुमिलिएको छ।
मिडफिल्डर फ्रेडले दोस्रो पहेंलो कार्डको सामना गरेपछि युनाइटेड अन्तिम २० मिनेट दश खेलाडीमा सिमित बनेको थियो।
भ्रमणकारी पीएसजीले ब्राजिलियन फरवार्ड नेइमारको गोलबाट छैटौं मिनेटमा अग्रता लिएको थियो। ३२औं मिनेटमा मार्कुस रशफोर्डले बराबरी गोल फर्काए। ६९औं मिनेटमा माक्र्विनहोसले गरेको गोलबाट पीएसजीले पुन: अग्रता लियो।
२३औं मिनेटमा पहिलो पहेंलो कार्डको सामना गरेका फ्रेडले ७०औं मिनेटमा अर्को पहेंलो कार्डको सामना गरेपछि युनाइटेड दश खेलाडीमा सिमित बन्यो। त्यससँगै पुनरागमन गर्ने युनाइटेडको सम्भावना कमजोर बनेको थियो। इन्जुरी समयमा नेइमारले अर्को गोल थपेपछि पीएसजीले अवे खेलमा महत्वपूर्ण तीन अंक जोड्न सफल भयो।
पराजित हुनुका बाबजुत युनाइटेड समूह ‘एच’ शीर्ष स्थानमा कायम छ। तर युनाइटेड, पीएसजी र आरबी लाइपजीगको समान ९ अंक छ। तथापी गोलअन्तरका आधरमा युनाइटेड शीर्ष स्थानमा रहँदा पीएसजी दोस्रो र लाइपजिग तेस्रो स्थानमा छ। लाइपजिगले गएराति नै सम्पन्न अर्को खेलमा इस्टानबुल बासाकसेरलाई ४-३ ले पराजित गरेको थियो।
युनाइटेडले अब समूह चरणको अन्तिम खेलमा युनाइटेड लाइपजिगविरुद्ध खेल्न जर्मन भ्रमणमा निस्कनेछ भने पीएसजीले इस्तानबुल बासाकसेरलाई घरमा निम्त्याउनेछ। बासाकसेर तीन अंकका साथ चौथो स्थानमा छ। युनाइटेडले अन्तिम १६ मा पुग्न युनाइटेडलाई अब हार्ने छुट छैन।
" /> काठमाडौं। म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा पेरिस सेन्ट जर्मन (पीएसजी) लाई ३-१ को नतिजा सुम्पिएपछि च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने सम्भावना धुमिलिएको छ।मिडफिल्डर फ्रेडले दोस्रो पहेंलो कार्डको सामना गरेपछि युनाइटेड अन्तिम २० मिनेट दश खेलाडीमा सिमित बनेको थियो।

">