काठमाडौं। राष्ट्रिय फुटबल टीमका कार्यबाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।
फिफा कतार विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोट प्रतियोगिताका लागि एन्फाले मंसिर २७ गतेबाट प्रशिक्षण शुरु गर्न लागेको हो।
बंगलादेशविरुद्धको दुई मैत्रीपुर्ण खेलका लागि बेलाएको टीममा एन्फाले २४ थप गरी ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। जसमा पूर्व कप्तान विराज मजर्हन, एन्फाको कारवाहीमा परेका विमलघर्तिमगर, सन्तोष तामाङ र दिनेश राजवंशी तथा आदित्य चौधरी पनि परेका छन्।
थ्रीस्टार क्लबका मिडफिल्डर बिक्रम लामाले भने चोटका बन्दसत्रमा परेका छैनन्।
फिफा कतार विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोट प्रतियोगिताकै तयारीस्वरुप नेपालले कार्तिक २८ र मंसिर दुईमा बंगलादेशविरुद्ध दुई मैत्रीपुर्ण खेल खेलेको थियो। पहिलो खेलमा नेपाल २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले गोलरहित बराबरी खेलेको थियो।
विश्वकप छनोट प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपाल तीन अंकका साथ चौथो स्थानमा छ। नेपालभन्दा पछाडी अंक जोड्न नसकेको चाइनिज ताइपेई छ। अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ भने समान दश अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छ।
नेपालले अब चाइनिज ताईपेई, अस्ट्रेलिया र जोर्डनसँग घरेलु मैदानमा खेल्न बाँकी छ।
" /> काठमाडौं। राष्ट्रिय फुटबल टीमका कार्यबाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।फिफा कतार विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोट प्रतियोगिताका लागि एन्फाले मंसिर २७ गतेबाट प्रशिक्षण शुरु गर्न लागेको हो।

">