काठमाठौं। अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा एट्लेटिको मड्रिडले गएराति च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग १-१ को बराबरी खेलेको छ।
साविक विजेता बायर्नसँग बराबरीमा रोकिएसँगै एट्लेटिकोले अब नकआउट चरणमा स्थान बनाउन साल्जबर्गसँग कम्तीमा बराबरी खेल्नुपर्नेछ।
एट्लेटिकोले जाओ फेलिक्सको गोलबाट २६औं मिनेटमा अग्रता लिएको थियो। मार्कोस लोरेन्टेले दायाँ भागबाट गरेको क्रसलाई फेलिक्सले पोष्टको दिशा दिएका थिए।
खेल सकिन चार मिनेट बाँकी हुँदा बायर्नले पेनाल्टी अवसर पायो। जसलाई बैकल्पिक खेलाडी थोमस मुलरले गोलमा परिणत गरे। ६२औं मिनेटमा मैदान छिरेका मुलरलाई रक्षक एट्लेटिकोका फिलिपेपले फाउल गरेपछि बायर्नले पेनाल्टी अवसर पाएको हो।
यसअघि नै अन्तिम १६ मा स्थान बनाएको बायर्न १३ अंकसहित शीर्ष स्थानमा छ। ६ अंक जोडेको एट्लेटिको दोस्रो स्थानमा छ। साल्जबर्ग चार अंकका साथ तेस्रो स्थानमा छ। भने लुकोमोटिभ मस्को तीन अंकका साथ चौथो स्थानमा छ।
एट्लेटिको अब बुधबार राति साल्जबर्गको भ्रमण गर्नेछ। अन्तिम १६ मा स्थान बनाउन साल्जबर्गलाई उक्त खेल जित्नै पर्नेछ भने एट्लेटिकोलाई बराबरी खेले पुग्नेछ।
" /> काठमाठौं। अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा एट्लेटिको मड्रिडले गएराति च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग १-१ को बराबरी खेलेको छ।साविक विजेता बायर्नसँग बराबरीमा रोकिएसँगै एट्लेटिकोले अब नकआउट चरणमा स्थान बनाउन साल्जबर्गसँग कम्तीमा बराबरी खेल्नुपर्नेछ।

">