काठमाडौं। वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल वर्षाका कारण स्थगित भए पनि न्युजिल्यान्डले तीन खेलको शृंखला २-० ले जितेको छ।
टस हारेर ब्याटिङका लागि निम्त्याईको वेस्ट इन्डिजले २.२ ओभरमा एक विकेट गुमाएर २५ रन बनाएको थियो। त्यसपछि भारी वर्षा भएपछि खेलले निरन्तरता पाउन सकेन। खेल नतिजाविहीन बन्यो।
घरेलु टिम न्युजिल्यान्डले टिम साउथी, रोस टेलर र केल ज्यामिन्सनलाई आरम दिएको थियो। उनीहरुको स्थानमा डारेल मिचेल, स्कट कुगेलेइजन र ह्यामिस बेन्नेटलाई टिममा स्थान दिएको थियो। तर खेल वर्षाले प्रभावित बनेपछि नतिजाविहीन बन्यो।
घरेलु टिम न्युजिल्यान्डले पहिलो खेल पाँच विकेटले जितेको थियो भने दोस्रो खेलमा ७२ रनको विजय हासिल गरेको थियो।