काठमाडौं। अस्ट्रेलियाका ओपनर डेबिड वार्नरले भारतविरुद्धको अन्तिम एकदिवसीय र तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला गुमाउने भएका छन्।
वार्नर आइतबार सम्पन्न दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा दोस्रो इनिङमा फिल्डिङ गर्ने क्रममा घाइते भएका थिए। वार्नरको ग्रोइनमा समस्या देखिएको हो।
वायाँ ब्याट्सम्यान वार्नरले भारतविरुद्धको पहिलो खेमा ६९ तथा दोस्रो खेलमा ८३ रन बनाएका थिए। उनले तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय र तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल गुमाउने भएका छन्।
भारतविरुद्धको तीन खेलको एदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा अस्ट्रेलिया २-० ले अगाडि छ। अस्ट्रेलियाले पहिलो खेल ६६ तथा दोस्रो खेल ५१ रनले जितेको थियो। तेस्रो खेल बुधबार क्यानबेरामा हुनेछ। ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि वार्नरको स्थानमा डी आर्की शोर्टले टीममा स्थान बनाएका छन्।
अस्ट्रेलियाका प्रशिक्षक जस्टिन लेङगरले तिब्र गतिका बलर पाट कुमिन्सलाई पनि आरम दिने भएका छन्। चार खेलको टेष्ट शृंखलाका लागि कुमिन्सलाई आराम दिन लागिएको हो।
" /> काठमाडौं। अस्ट्रेलियाका ओपनर डेबिड वार्नरले भारतविरुद्धको अन्तिम एकदिवसीय र तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला गुमाउने भएका छन्।वार्नर आइतबार सम्पन्न दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा दोस्रो इनिङमा फिल्डिङ गर्ने क्रममा घाइते भएका थिए। वार्नरको ग्रोइनमा समस्या देखिएको हो।

">