काठमाडौं। आर्सनल घरेलु मैदानमा उल्भरह्याम्पटनसँग २-१ ले पराजित भएपछि प्रशिक्षक माइकल आर्टेटा दबाबमा परेका छन्।
१९८१ पछि प्रिमियर लिगमा सबभन्दा खराब सुरुआत गरे पनि आर्सनलका प्रशिक्षक आर्टेटाले चिन्तित हुनुपर्ने अवस्था नरहेको बताए।
लिगमा १० खेलबाट १३ अंक जोडेको आर्सनल १४औं स्थानमा छ। आर्सनल पाँच खेलमा पराजित भएको छ भने एक खेल बराबरी खेलेको छ। चार खेलमा मात्र आर्सनल विजयी भएको छ। ठीक एक वर्षअघि आर्सनलले खराब प्रदर्शन गरेको भन्दै युनाई इमिरेलाई बर्खास्त गरेको थियो।
‘‘एक वर्षअघि यसै समयमा मैले प्रशिक्षक बन्ने निर्णय गरेको थिएँ। मलाई थाहा छ एक दिन म पनि बर्खास्त हुन्छु वा क्लब छाड्छु। मलाई थाहा छैन त्यो समय कहिले आउँछ,’’ आर्टेटाले भने, ‘‘यो पेसा नै त्यस्तै हो। तर, यसबारे मलाई चिन्ता छैन। मेरो एकमात्र लक्ष्य भनको आफ्नो तर्फबाट सक्दो राम्रो गर्नु हो।’’
जितसँगै उल्भरह्याम्पटन भने १७ अंकका साथ छैटौं स्थानमा छ। जुन चौथो स्थानको लेस्टर सिटीभन्दा एक अंकले पछाडि हो भने शीर्ष क्लब टोटेनह्यामभन्दा चार अंकले पछाडि हो।
उल्भरह्याम्पटनले २७औं मिनेटमा पेड्रो नेटोको गोलबाट अग्रता लिएको थियो। ३०औं मिनेटमा आर्सनलका गाब्रियलले बराबरी गोल फर्काए। त्यसको १२ मिनेट नबित्दै ड्यानियल पोडेन्सले गरेको गोल उल्भरह्याम्पटनको जितमा निर्णायक बन्यो।
" /> काठमाडौं। आर्सनल घरेलु मैदानमा उल्भरह्याम्पटनसँग २-१ ले पराजित भएपछि प्रशिक्षक माइकल आर्टेटा दबाबमा परेका छन्।१९८१ पछि प्रिमियर लिगमा सबभन्दा खराब सुरुआत गरे पनि आर्सनलका प्रशिक्षक आर्टेटाले चिन्तित हुनुपर्ने अवस्था नरहेको बताए।

">