काठमाडौं। इडिसन काभानीले बेन्चबाट आएर दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले गएराति साउथह्याम्पटनविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै ३-२ को विजयी नतिजा निकालेको छ।
प्रशिक्षक ओले गनर सोल्सायरले उरुग्वेका ३३ वर्षे फरवार्ड काभानीलाई दोस्रो हाफको सुरुमै मैदान छिराएका थिए। युनाइटेड पहिलो हाफमै २–० ले पछि परिसकेको थियो।
घरेलु टीम साउथह्याम्पटनले जान बेदनारेकको गोलबाट २३औं मिनेटमा अग्रता लिएको थियो। ३३औं मिनेटमा जेम्स वार्ड–प्रोउजले अग्रता दोब्बर बनाएका थिए।
काभानीले मैदान छिर्नेबित्तिकै आफ्नो प्रभाव देखाए। काभानीले दिएको पासमा ब्रुनो फर्नान्डेजले गोल गर्दै अन्तर घटाए।
७४औं मिनेटमा काभानीले बराबरी गोल फर्काए। इन्जुरी समयमा मार्कुस राशफोर्डको क्रसलाई काभानीले हेडमार्फत् पोष्टको दिशा दिएपछि युनाइटेड महत्त्वपूर्ण तीन अंक जोड्न सफल भयो।
जितपछि युनाइटेडले ९ खेलबाट १६ अंक जोडेको छ। युनाइटेड आठौं स्थानमा छ।
एक खेल बढी खेलेको साउथह्याम्पटन १७ अंकका साथ पाँचौं स्थानमा छ। जुन चौथो स्थानको लेस्टर सिटीभन्दा एक अंकले कम हो भने शीर्ष क्लब टोटेनह्यामभन्दा चार अंकले पछाडि हो।
" /> काठमाडौं। इडिसन काभानीले बेन्चबाट आएर दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले गएराति साउथह्याम्पटनविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै ३-२ को विजयी नतिजा निकालेको छ।प्रशिक्षक ओले गनर सोल्सायरले उरुग्वेका ३३ वर्षे फरवार्ड काभानीलाई दोस्रो हाफको सुरुमै मैदान छिराएका थिए। युनाइटेड पहिलो हाफमै २–० ले पछि परिसकेको थियो।

">