काठमाडौं। लियोनल मेसीको उत्कृष्ट प्रदर्शनप्रेरित बार्सिलोनाले आज घरेलु मैदानमा ४-० को सहज विजय हालिस गरेको छ। बार्सिलोनाले स्पेनिस ला लिगामा ओसासुनालाई हराएको हो।
बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यानले च्याम्पियन्स लिगमा डाइनामो किभविरूद्ध खेलेको टिममा चार खेलाडी परिवर्तन गरेका थिए। लियोनल मेसी, फ्रांक डी जोङ, जोर्डी अल्बा र एन्टोइन ग्रिजमनलाई सुरूआती टीममा राखेका थिए।
बार्सिलोनाले खेल अगाडि पूर्वखेलाडी डिएगो म्याराडोनाको सम्झना गरेको थियो। घरेलु टीम बार्सिलोनाले २९औं मिनेटमा मार्टिन ब्रेथह्वाइटको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफ सकिन तीन मिनेट बाँकी हुँदा ग्रिजमनले बार्सिलोनाको अग्रता दोब्बर बनाए।
५७औं मिनेटमा फिलिपे कौटिन्होले अर्को गोल थपे। खेल सकिन १७ मिनेट बाँकी हुँदा लियोनल मेसीले चौथो गोल थपे। मेसीले उक्त गोल म्याराडोनामा समपर्पित गरे। उनले गोल गरेपछि जर्सी फुकालेर म्याराडोनाको जर्सी प्रदर्शन गरेका थिए।
जितसँगै बार्सिलोना ला लिगाको सातौं स्थानमा उक्लिएको छ। बार्सिलोनाले ९ खेलबाट १४ अंक जोडेको छ। जुन शीर्ष स्थानका रियाल सोसिडाडभन्दा ९ अंकले पछाडी हो। रियाल सोसिडाडले एक खेल बढी खेलेको छ। ओसासुना भने ११ अंकका साथ १५औं स्थानमा छ।
" /> काठमाडौं। लियोनल मेसीको उत्कृष्ट प्रदर्शनप्रेरित बार्सिलोनाले आज घरेलु मैदानमा ४-० को सहज विजय हालिस गरेको छ। बार्सिलोनाले स्पेनिस ला लिगामा ओसासुनालाई हराएको हो।बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यानले च्याम्पियन्स लिगमा डाइनामो किभविरूद्ध खेलेको टिममा चार खेलाडी परिवर्तन गरेका थिए। लियोनल मेसी, फ्रांक डी जोङ, जोर्डी अल्बा र एन्टोइन ग्रिजमनलाई सुरूआती टीममा राखेका थिए।

">