डर्टमण्ड घरेलु मैदानमा स्तब्ध, तेस्रो स्थानमा झर्‍याे
काठमाडौं। बोरुसिया डर्टमण्ड गएराति जर्मन बुन्डेसलिगामा एफसी कोलनसँग २–१ ले पराजित भएको छ। हारसँगै डर्टमण्ड तेस्रो स्थानमा झरेको छ।
एलिस स्खिरीले गरेको गोलबाट भ्रमणकारी टीम कोलन नवौं मिनेटमा अग्रता लिएको थियो। स्खिरीले ६०औं मिनेटमा अग्रता दोब्बर बनाए। खेल सकिन १६ मिनेट बाँकी हुँदा थोर्गान हाजार्डको गोलबाट डर्टमण्डले पुनरागमनको प्रयास गरेपछि अंक जोड्न असफल रह्यो।
डर्टमण्डका प्रशिक्षक लुसियन फार्भेले १६ वर्षका युसोफा मोउकोकोलाई मैदान छिराएका थिए। मोउकोको ६७ मिनेटमा युलियन ब्रान्डटको स्थानमा मैदान प्रवेश गरेका थिए। गत साता डेब्यू गरेका मोउकोको जर्मनीमा व्यवसायिक फुटबल खेल्ने कान्छा खेलाडी बनेको थिए।
पराजित भएसँगै डर्टमण्ड तेस्रो स्थानमा झरेको छ। ९ खेलबाट डर्टमण्डको १८ अंक छ। जुन शीर्ष स्थानको बायर्न म्युनिख भन्दा चार अंकले पछाडि हो भने दोस्रो स्थानको लाइपजिगभन्दा दुई अंकले पछाडि हो। लाइपजिगले अर्मिनिया बिलेफेल्डलाई २–१ ले पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस्