काठमाडौं। प्रिमियर लिगमा उत्कृष्ट सुरूआत गरेको एभर्टन पछिल्लो समय जितका लागि संघर्ष गरिरहेको छ। कार्लो एन्सेलोट्टीको एभर्टन गएराति पनि घरेलु मैदानमै लिड्स युनाइटेडसँग १-० ले पराजित भयो।
लिड्सको जितमा राफिन्हाले ७९औं मिनेटमा गरेको गोल पर्याप्त भयो। लिड्सका प्रशिक्षक मार्सेलो बेइल्सा र कार्लो एन्सेलोट्टी पहिलो पटक आमने-सामने भएका हुन्।
अघिल्लो तीन खेलमा विजय हसिल गर्न नसकेको लिड्सले यो जितसँगै १४ अंक जोडेको छ। लिड्स ११औं स्थानमा छ। एभर्टनले १६ अंकका साथ छैटौं स्थानमा छ। अक्टोबर १७ मा लिभरपुलसँग २-२ को बराबरी खेलेको एभर्टन त्यसपछि लगातार तीन खेलमा पराजित भएको थियो।
गएराति नै कोनोर गालाघरले गरेको गोलमा वेष्ट ब्रोमले सेफिल्ड युनाइटेडलाई १-० ले पराजित गर्यो। जितसँगै ६ अंक जाडेको वेष्ट ब्रोम रेलिगेशन क्षेत्रबाट माथि उक्लिएको छ। सेफिल्ड युनाइटेड भने एक अंकका साथ पुछारमा छ।
" /> काठमाडौं। प्रिमियर लिगमा उत्कृष्ट सुरूआत गरेको एभर्टन पछिल्लो समय जितका लागि संघर्ष गरिरहेको छ। कार्लो एन्सेलोट्टीको एभर्टन गएराति पनि घरेलु मैदानमै लिड्स युनाइटेडसँग १-० ले पराजित भयो।लिड्सको जितमा राफिन्हाले ७९औं मिनेटमा गरेको गोल पर्याप्त भयो। लिड्सका प्रशिक्षक मार्सेलो बेइल्सा र कार्लो एन्सेलोट्टी पहिलो पटक आमने-सामने भएका हुन्।

">