काठमाडौं। इटालियन सिरी ‘ए’ महारथी युभेन्टसले बेनेभेन्टोसँग १–१ को बराबरी खेलेको छ। साविक विजेता युभेन्टसले लिगका ९ मध्ये पाँचौंपटक बराबरी खेलेको हो।
युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लोले क्रिष्टियानो रोनाल्डोलाई आराम दिएका थिए। रोनाल्डोबिनाको युभेन्टसले २१ औं मिनेटमा अल्भारो मोरोटाको गोलबाट अग्रता लिएको थियो। तर पहिलो हाफ नसकिँदै घरेलु टीमले बराबरी गोल फर्कायो। बेनेभेन्टोका लागि गाइटानो माग्गियोले गोल गरेका थिए।
अन्तिम समयमा मोरोटाले रातो कार्डको सामना गरेपछि युभेन्टस १० खेलाडीमा सीमित बनेको थियो। त्यसअघि पाउलो डिबालाले गोलको राम्रो अवसर खेर फाल्दा यभुेन्टसले तीन अंक जोड्ने मौका गुमायो।
लिगका ९ मध्ये चार खेलमा जित र पाँच खेलमा बरबरी गरेको युभेन्टस १७ अंकका साथ पाँचौं स्थानमा छ। जुन शीर्ष क्लब एसी मिलानभन्दा तीन अंकले पछाडि हो। मिलानले एक खेल कम खेलेको छ। बेनेभेन्टो भने १० अंकका साथ १२औं स्थानमा छ।
" /> काठमाडौं। इटालियन सिरी ‘ए’ महारथी युभेन्टसले बेनेभेन्टोसँग १–१ को बराबरी खेलेको छ। साविक विजेता युभेन्टसले लिगका ९ मध्ये पाँचौंपटक बराबरी खेलेको हो।युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लोले क्रिष्टियानो रोनाल्डोलाई आराम दिएका थिए। रोनाल्डोबिनाको युभेन्टसले २१ औं मिनेटमा अल्भारो मोरोटाको गोलबाट अग्रता लिएको थियो। तर पहिलो हाफ नसकिँदै घरेलु टीमले बराबरी गोल फर्कायो। बेनेभेन्टोका लागि गाइटानो माग्गियोले गोल गरेका थिए।

">