काठमाडौं। इडेन हाजार्ड पुनः घाइते भएको खेलमा स्पेनिस ला लिगाको साविक विजेता रियाल मड्रिड घरेलु मैदानमै डपोर्टिभो अलाभेससँग २-१ ले पराजित भएको छ।
हाजार्डले जारी जिसन रियालबाट लिगमा तीन खेलमा मात्र सुरुआती टीममा स्थान बनाएका थिए। समग्रमा उनको यो चौथो खेल थियो। तर, चोटका कारण उनले २८औं मिनेटमा मैदान छाड्नु पर्याे। उनको स्थानमा रोड्रिगो मैदान छिरेका थिए।
भ्रमणकारी लुकास परेजले पेनाल्टीमा गरेको गोलबाट अलाभेसले पाँचौं मिनेटमा अग्रता लिएको थियो।
दोस्रो हाफको चौथो मिनेटमा जोसेलुले अलाभेसको अग्रता दोब्बर बनाए। जोसेलुले रियालका गोलकिपर थिबाउट कोर्तुवाको गल्तीमा गोल गरेका हुन्।
खेल सकिन चार मिनेटमा बाँकी हुँदा कासेमिरोले गोल फर्काए पनि रियालका लागि पुनरागमन गर्न धेरै ढिला भइसकेको थियो।
जिनेदिन जिदानको रियाल लगातार तेस्रो खेलमा विजयी नतिजा निकाल्न असफल भयो। रियाल यसअघि भिल्लारियालसँग १-१ को बराबरी खेलेको थियो भने भ्यालेन्सियासँग ४-१ ले पराजित भएको थियो।
पराजित रियाल १७ अंकका साथ चौथो स्थानमा छ। जुन शीर्ष स्थानको रियाल सोसिडाडभन्दा ६ अंकले पछाडि हो। अलाभेस भने १३ अंकका साथ नवौं स्थानमा छ।
" /> काठमाडौं। इडेन हाजार्ड पुनः घाइते भएको खेलमा स्पेनिस ला लिगाको साविक विजेता रियाल मड्रिड घरेलु मैदानमै डपोर्टिभो अलाभेससँग २-१ ले पराजित भएको छ।हाजार्डले जारी जिसन रियालबाट लिगमा तीन खेलमा मात्र सुरुआती टीममा स्थान बनाएका थिए। समग्रमा उनको यो चौथो खेल थियो। तर, चोटका कारण उनले २८औं मिनेटमा मैदान छाड्नु पर्याे। उनको स्थानमा रोड्रिगो मैदान छिरेका थिए।

">