काठमाडौं। रियाद माहरेजको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा बर्नलीमाथि ५-० को विजय हासिल गरेको छ।
माहरेजकोले छैटौं मिनेटमा गरेको गोलबाट सिटीले अग्रता लिएको थियो। २२औं मिनेटमा माहरेजले नै घरेलु टोलीको अग्रता दोब्बर बनाए। पहिलो सकिन चार मिनेट बाँकी हुँदा बेन्जामिन मेन्डीले तेस्रो गोल थपे। ६६औं मिनेटमा माहरेजले ह्याट्रिक गरे।
माहरेजले लेस्टर सिटीबाट २०१५ डिसेम्बरमा स्वान्सी सिटीविरुद्ध ह्याट्रिक गरेपछि प्रिमियर लिगमा ह्याट्रिक गरेको यो पहिलो पटक हो। माहरेजले लेस्टरबाट प्रिमियर लिगको उपाधि जितेका थिए।
सिटी अघिल्लो खेलमा टोटेनह्यामसँग २–० ले पराजित भएको थियो। त्यसकारण सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले यो जित महत्त्वपूर्ण भएको बताए।
जितसँगै सिटीले ९ खेलबाट १५ अंक जोडेको छ। सिटी आठौं स्थानमा छ। जुन शीर्ष स्थानको लिभरपुलभन्दा ६ अंकले पछाडि हो। तथापी सविक विजेता लिभरपुलले एक खेल बढी खेलेको छ। ९ खेलबाट पाँच अंक जोडेको बर्नली भने १८औं स्थानमा छ।
" /> काठमाडौं। रियाद माहरेजको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा बर्नलीमाथि ५-० को विजय हासिल गरेको छ।माहरेजकोले छैटौं मिनेटमा गरेको गोलबाट सिटीले अग्रता लिएको थियो। २२औं मिनेटमा माहरेजले नै घरेलु टोलीको अग्रता दोब्बर बनाए। पहिलो सकिन चार मिनेट बाँकी हुँदा बेन्जामिन मेन्डीले तेस्रो गोल थपे। ६६औं मिनेटमा माहरेजले ह्याट्रिक गरे।

">