एजेन्सी। टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले आफ्नो पूर्व क्लब चेल्सीका प्रशिक्षक फ्रयांक लाम्पार्ड सरुवा बजारमा गरेको खर्चका कारण दबाबमा रहेको बताएका छन्।
सरुवा बजारमा यसपालि लाम्पार्डको चेल्सीले ठूलो धनराशि खर्चेर काई हार्भाट्ज, टिमो वेर्नेर, बेन चिलवेल, हाकिम जियेच र इडुवार्ड मेन्डीजस्ता खेलाडी भित्र्याएको थियो। चेल्सीको प्रशिक्षकका रूपमा दोस्रो सिजन बिताइरहेका लाम्पार्डले सरुवा बजारमा २२ करोड २० लाख पाउन्ड खर्च गरेका थिए।
आइतबार लन्डन डर्बीका रूपमा स्टामफोर्ड ब्रिजमा टोटेनह्याम र चेल्सीबीच खेल हुनुअघि माउरिन्होको टोटेनह्याम इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा छ। चेल्सी तेस्रो स्थानमा छ।
चेल्सीमा दुई कार्यकाल प्रशिक्षकका रूपमा बिताएका माउरिन्होले ठूलो खर्चका कारण पनि लाम्पार्ड दबाबमा रहेको बताएका छन्। लाम्पार्डले चेल्सीमा माउरिन्होको प्रशिक्षणमा खेलेका थिए।
“तपाईं दाबेदार हुँदा तपाईलाई आफू किन दाबेदार हुँ भन्ने पनि थाहा हुन्छ,” माउरिन्होले भने, “त्यस्तो अवस्थामा जिम्मेवारी निर्वाह गर्नुपर्ने र दाबेदार छविलाई न्याय गर्नुपर्ने दबाब सधैँ एउटा प्रशिक्षकमा हुन्छ। जुन अहिले लाम्पार्डमा छ। लगानीको हिसाबमा कुरा गर्दा सरुवा बजारको च्याम्पियन चेल्सी थियो। अब लाम्पार्डले त्यसलाई मैदानमा प्रमाणित गर्नुपर्नेछ।”
" /> एजेन्सी। टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले आफ्नो पूर्व क्लब चेल्सीका प्रशिक्षक फ्रयांक लाम्पार्ड सरुवा बजारमा गरेको खर्चका कारण दबाबमा रहेको बताएका छन्।सरुवा बजारमा यसपालि लाम्पार्डको चेल्सीले ठूलो धनराशि खर्चेर काई हार्भाट्ज, टिमो वेर्नेर, बेन चिलवेल, हाकिम जियेच र इडुवार्ड मेन्डीजस्ता खेलाडी भित्र्याएको थियो। चेल्सीको प्रशिक्षकका रूपमा दोस्रो सिजन बिताइरहेका लाम्पार्डले सरुवा बजारमा २२ करोड २० लाख पाउन्ड खर्च गरेका थिए।

">