काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले नगरपालिका संघसँग ‘फुटबल विकास तथा विस्तारका लागि’ सम्झौता गरेकोमा एन्फा नेतृत्वलाई बधाई दिएका छन्।
फुटबलको विकास तथा विस्तारका लागि भन्दै एन्फा र नगरपालिका संघबीच हिजो शुक्रबार १० बुँदे सम्झौता भएको थियो।
एन्फाका पूर्व अध्यक्ष थापाले यो सम्झौतापछि विगतमा हुँदै आए पनि पछिल्लो समय बन्द भएको अन्तर नगरपालिका कप फुटबल प्रतियोगिता पुनः सञ्चालन हुने आशा व्यक्त गरेका छन्।
“नगरपालिका संघ र एन्फाबीच सम्झौता भएकोमा हार्दिक बधाई दिन चाहन्छु। विगतमा अन्तर नगरपालिका फुटबल प्रतियोगिता हुँदै आएकोमा केही समययता बन्द भएको थियो। यो सम्झौतापछि पुनः सञ्चालन हुनेछ भन्ने आशा गरेको छु,” थापाले फेसबुकमा लेखेका छन्।
एन्फाले डेढ वर्षअघि एन्फा डेको अवसरमा घोषणा गरेको पुरस्कार स्वरूप खेलाडी, रेफ्री र प्रशिक्षकलाई हिजै मोटरसाइकल पुरस्कार प्रदान गरेको थियो।
थापाले त्यसमा पनि पुरस्कार पाउनेलाई बधाई दिँदै तीन वर्षअघि भुटानमा सम्पन्न यू-१९ साफ च्याम्पियनसिपका विजेताहरूलाई घोषित पुरस्कार दिन एन्फाको ध्यानाकर्षण गराएका छन्।
“करिब दुई वर्षअघि पुरस्कृत भएका खेलाडी र रेफ्रीहरूले आज पुरस्कार प्राप्त गरेकोमा धेरै-धेरै हार्दिक बधाई तथा शुभकामना,” थापाले लेखेका छन्, “करिब तीन वर्षअघि यू-१९ साफ च्याम्पियनसिपमा युवा खेलाडीले भुटानमा भएको प्रतियोगितामा प्रथम स्थान हासिल गरेको थियो। यी खेलाडीहरूले एन्फाले घोषणा गरेको पुरस्कार हालसम्म प्राप्त गरेका छैनन्। यसतर्फ पनि म एन्फाको ध्यानाकर्षण गर्न चाहन्छु।”
" /> काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले नगरपालिका संघसँग ‘फुटबल विकास तथा विस्तारका लागि’ सम्झौता गरेकोमा एन्फा नेतृत्वलाई बधाई दिएका छन्।फुटबलको विकास तथा विस्तारका लागि भन्दै एन्फा र नगरपालिका संघबीच हिजो शुक्रबार १० बुँदे सम्झौता भएको थियो।

">