पाेखरा। कोरोना कहरका कारण गत चैत १० देखि बन्द भएका रंगशाला तथा खेलकुद गतिविधि पुनः सञ्चालन गर्ने सरकारको निर्णयपछि पोखरा रंगशालामा खेल अभ्यास तथा प्रशिक्षण सुरू भएको छ।

आठ महिना बन्द भएको रंगशाला खुलाउन सरकारले निर्देशन दिएपछि खेलकुद सहरको रूपमा स्थापित पोखरामा खेल गतिविधि सुरू भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ।

सरकारले गत मंसिर १ पछि खेल गतिविधि सुरू गर्ने निर्णय गरेको थियो।

रंगशाला तथा खेलकुद प्रशिक्षण स्थलहरू लामो समयसम्म बन्द हुँदा खेलाडी तथा प्रशिक्षक अभ्यासबाट वञ्चित भएका थिए। फुटबल, भलिबल, व्याडमिन्टन, बास्केटबल, स्क्वास, क्रिकेट, टेनिस, बक्सिङ, करातेलगायतका खेलका खेलाडीहरू अभ्यासका लागि रंगशाला आउन थालेको समितिका प्रमुख प्रकाश बरालले बताए।

यसैगरी पोखरामा निजी क्षेत्रबाट सञ्चालित शारीरिक अभ्यास स्थलहरू (जिम सेन्टर), फुटसलहरू पनि सञ्चालनमा आएपछि खेल गतिविधि सामान्यीकरण हुँदै गएको बताइन्छ।

कार्यालय प्रमुख बरालले भने, “सरकारले निर्देशनपछि तिहार लगत्तै हामीले बन्द रंगशाला खेलाडी तथा प्रशिक्षकहरूलाई अभ्यासका लागि खुला गरेका छौँ। अझै कोरोना त्रास कायमै रहेकाले साविकमा जस्तो अवस्था नरहे पनि विस्तारै सामान्यीकरण हुँदै गएको छ, सबै खेलका २५ प्रतिशत हाराहारीमा अभ्यास गतिविधिहरू सञ्चालित छन्।”

रंगशालामा स्वास्थ्य सुरक्षा मापदण्डको पालनाका लागि सबै खेल संघ, खेलाडी तथा प्रशिक्षकलाई आग्रह गरिएको समितिले जनाएको छ। स्वास्थ्य सुरक्षा मापदण्डको पालनालाई पहिलो शर्त बनाइएको बताइन्छ।

यसैबीच देशकै सबैभन्दा ठूलो निर्माणाधीन फुटबल रंगशालाको काम अन्तिम चरणमा पुगेको छ। फुटबल रंगशालासँगै वैकल्पिक फुटबल मैदान पनि बन्दाबन्दीकै अवधिमा निर्माण सम्पन्न गरिएको हो।

भलिबल, टेनिस, व्याडमिन्टन, बास्केटबल र आर्चरी खेलका पूर्वाधार तथा बहुउद्देश्यीय कभर्ड हल रंगशालाभित्र छ। क्रिकेट मैदान  तयार रहे पनि पूर्वाधार बनाउन बाँकी छ। रासस

" /> पाेखरा। कोरोना कहरका कारण गत चैत १० देखि बन्द भएका रंगशाला तथा खेलकुद गतिविधि पुनः सञ्चालन गर्ने सरकारको निर्णयपछि पोखरा रंगशालामा खेल अभ्यास तथा प्रशिक्षण सुरू भएको छ।

आठ महिना बन्द भएको रंगशाला खुलाउन सरकारले निर्देशन दिएपछि खेलकुद सहरको रूपमा स्थापित पोखरामा खेल गतिविधि सुरू भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ।

सरकारले गत मंसिर १ पछि खेल गतिविधि सुरू गर्ने निर्णय गरेको थियो।

रंगशाला तथा खेलकुद प्रशिक्षण स्थलहरू लामो समयसम्म बन्द हुँदा खेलाडी तथा प्रशिक्षक अभ्यासबाट वञ्चित भएका थिए। फुटबल, भलिबल, व्याडमिन्टन, बास्केटबल, स्क्वास, क्रिकेट, टेनिस, बक्सिङ, करातेलगायतका खेलका खेलाडीहरू अभ्यासका लागि रंगशाला आउन थालेको समितिका प्रमुख प्रकाश बरालले बताए।

यसैगरी पोखरामा निजी क्षेत्रबाट सञ्चालित शारीरिक अभ्यास स्थलहरू (जिम सेन्टर), फुटसलहरू पनि सञ्चालनमा आएपछि खेल गतिविधि सामान्यीकरण हुँदै गएको बताइन्छ।

कार्यालय प्रमुख बरालले भने, “सरकारले निर्देशनपछि तिहार लगत्तै हामीले बन्द रंगशाला खेलाडी तथा प्रशिक्षकहरूलाई अभ्यासका लागि खुला गरेका छौँ। अझै कोरोना त्रास कायमै रहेकाले साविकमा जस्तो अवस्था नरहे पनि विस्तारै सामान्यीकरण हुँदै गएको छ, सबै खेलका २५ प्रतिशत हाराहारीमा अभ्यास गतिविधिहरू सञ्चालित छन्।”

रंगशालामा स्वास्थ्य सुरक्षा मापदण्डको पालनाका लागि सबै खेल संघ, खेलाडी तथा प्रशिक्षकलाई आग्रह गरिएको समितिले जनाएको छ। स्वास्थ्य सुरक्षा मापदण्डको पालनालाई पहिलो शर्त बनाइएको बताइन्छ।

यसैबीच देशकै सबैभन्दा ठूलो निर्माणाधीन फुटबल रंगशालाको काम अन्तिम चरणमा पुगेको छ। फुटबल रंगशालासँगै वैकल्पिक फुटबल मैदान पनि बन्दाबन्दीकै अवधिमा निर्माण सम्पन्न गरिएको हो।

भलिबल, टेनिस, व्याडमिन्टन, बास्केटबल र आर्चरी खेलका पूर्वाधार तथा बहुउद्देश्यीय कभर्ड हल रंगशालाभित्र छ। क्रिकेट मैदान  तयार रहे पनि पूर्वाधार बनाउन बाँकी छ। रासस

"> पाेखरामा आठ महिनापछि सुरू भयो खेलकुद गतिविधि: Dekhapadhi रंगशाला तथा खेलकुद प्रशिक्षण स्थलहरू लामो समयसम्म बन्द हुँदा खेलाडी तथा प्रशिक्षक अभ्यासबाट वञ्चित भएका थिए।
• टबल, भलिबल, व्याडमिन्टन, बास्केटबल, स्क्वास, क्रिकेट, टेनिस, बक्सिङ, करातेलगायतका खेलका खेलाडीहरू अभ्यासका लागि रंगशाला आउन थालेका छन्।

पाेखरामा आठ महिनापछि सुरू भयो खेलकुद गतिविधि
पाेखरा। कोरोना कहरका कारण गत चैत १० देखि बन्द भएका रंगशाला तथा खेलकुद गतिविधि पुनः सञ्चालन गर्ने सरकारको निर्णयपछि पोखरा रंगशालामा खेल अभ्यास तथा प्रशिक्षण सुरू भएको छ।

आठ महिना बन्द भएको रंगशाला खुलाउन सरकारले निर्देशन दिएपछि खेलकुद सहरको रूपमा स्थापित पोखरामा खेल गतिविधि सुरू भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ।

सरकारले गत मंसिर १ पछि खेल गतिविधि सुरू गर्ने निर्णय गरेको थियो।

रंगशाला तथा खेलकुद प्रशिक्षण स्थलहरू लामो समयसम्म बन्द हुँदा खेलाडी तथा प्रशिक्षक अभ्यासबाट वञ्चित भएका थिए। फुटबल, भलिबल, व्याडमिन्टन, बास्केटबल, स्क्वास, क्रिकेट, टेनिस, बक्सिङ, करातेलगायतका खेलका खेलाडीहरू अभ्यासका लागि रंगशाला आउन थालेको समितिका प्रमुख प्रकाश बरालले बताए।

यसैगरी पोखरामा निजी क्षेत्रबाट सञ्चालित शारीरिक अभ्यास स्थलहरू (जिम सेन्टर), फुटसलहरू पनि सञ्चालनमा आएपछि खेल गतिविधि सामान्यीकरण हुँदै गएको बताइन्छ।

कार्यालय प्रमुख बरालले भने, “सरकारले निर्देशनपछि तिहार लगत्तै हामीले बन्द रंगशाला खेलाडी तथा प्रशिक्षकहरूलाई अभ्यासका लागि खुला गरेका छौँ। अझै कोरोना त्रास कायमै रहेकाले साविकमा जस्तो अवस्था नरहे पनि विस्तारै सामान्यीकरण हुँदै गएको छ, सबै खेलका २५ प्रतिशत हाराहारीमा अभ्यास गतिविधिहरू सञ्चालित छन्।”

रंगशालामा स्वास्थ्य सुरक्षा मापदण्डको पालनाका लागि सबै खेल संघ, खेलाडी तथा प्रशिक्षकलाई आग्रह गरिएको समितिले जनाएको छ। स्वास्थ्य सुरक्षा मापदण्डको पालनालाई पहिलो शर्त बनाइएको बताइन्छ।

यसैबीच देशकै सबैभन्दा ठूलो निर्माणाधीन फुटबल रंगशालाको काम अन्तिम चरणमा पुगेको छ। फुटबल रंगशालासँगै वैकल्पिक फुटबल मैदान पनि बन्दाबन्दीकै अवधिमा निर्माण सम्पन्न गरिएको हो।

भलिबल, टेनिस, व्याडमिन्टन, बास्केटबल र आर्चरी खेलका पूर्वाधार तथा बहुउद्देश्यीय कभर्ड हल रंगशालाभित्र छ। क्रिकेट मैदान  तयार रहे पनि पूर्वाधार बनाउन बाँकी छ। रासस

प्रतिक्रिया दिनुहोस्