एजेन्सी। पिटर शिल्टनले डिएगो म्याराडोनाको निधनको खबरबाट आफू दुःखित भएको भन्दै विश्वकप १९८६ मा अर्जेन्टिनी महान् खेलाडीले इङल्यान्डविरुद्ध गरेको ‘ह्यान्ड अफ गड’ गोलको पीडा आफूमा अझै रहेको बताएका छन्।
अर्जेन्टिना र पूरा विश्व फुटबललाई शोकमा डुबाउँदै म्याराडोनाले बुधबार राति ६० वर्षको उमेरमा देहत्याग गरेका थिए।
बार्सिलोना तथा नापोलीका पूर्वस्टार म्याराडोना खेलाडी जीवनमा लागुऔषध लतबाट ग्रस्त थिए। निधनको केहीअघि मात्र उनले मस्तिष्कको सर्जरी गराएका थिए। उनको निधनप्रति पेले, लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोलगायतका खेलाडीले श्रद्धाञ्जली अर्पण गरेका छन्।
३४ वर्षअघि मेक्सिकोमा भएको विश्वकपको क्वार्टरफाइनलमा म्याराडोनाले हातले गरेको गोल नै शिल्टन क्रुर बनाउने सबैभन्दा ठूलो कारण हो।
शिल्टनले डेली मेलसँग भनेका छन्, “यसले मलाई वर्षौंदेखि पिरोलिरहेको छ। म यसबारे अहिले पनि असत्य बोल्दिनँ। मानिसहरूले मैले त्यो बल क्लियर गरेको भए हुन्थ्यो भन्छन्। तर मैले आफूभन्दा सानो मान्छेलाई उफ्रिन दिएँ। त्यो एकदमै निराशाजनक थियो। उनी मतिर दौडिएका थिए, तर पनि म सफल हुन्थेँ।”
“यदि उनलाई हेडर प्रहार गर्न सक्छु भन्ने लागेको भए हातले प्रहार गर्दैन थिए। गर्थे त? पक्कै गर्दैन थिए। मलाई त्यसबारे केही गुनासो छैन,” उनले भने, “उनले कहिल्यै माफी मागेनन्, मेरो असन्तुष्टि त्यसप्रति हो। ‘ह्यान्ड अफ गड’ लाइनको सट्टामा उनले कहीँ कुनै पनि स्टेजमा उनले माफी मागेनन्, त्यो ठीक थिएन। यसले उनमा महानता थियो भन्ने त देखियो तर दुःखदायी कुरा स्पोर्टम्यानशीप थिएन।”
शिल्टनले बिहीबार आफूविरुद्धमा खेलेका सबैभन्दा महान् खेलाडी म्याराडोना भएको उल्लेख गर्दै ट्वीट गरेका थिए।
" /> एजेन्सी। पिटर शिल्टनले डिएगो म्याराडोनाको निधनको खबरबाट आफू दुःखित भएको भन्दै विश्वकप १९८६ मा अर्जेन्टिनी महान् खेलाडीले इङल्यान्डविरुद्ध गरेको ‘ह्यान्ड अफ गड’ गोलको पीडा आफूमा अझै रहेको बताएका छन्।अर्जेन्टिना र पूरा विश्व फुटबललाई शोकमा डुबाउँदै म्याराडोनाले बुधबार राति ६० वर्षको उमेरमा देहत्याग गरेका थिए।

">