लिभरपुलका फाबिन्हो अर्को वर्षसम्म मैदान बाहिर
काठमाडौं। लिभरपुलका मिडफिल्डर फाबिन्हो चोटका कारण अर्को वर्षसम्म मैदान बाहिर रहने भएका छन्।

च्याम्पियन्स लिगअन्तर्गत नेपोलीविरुद्धको खेलमा फाबिन्होको कुर्कुच्चामा चोट लागेको थियो।

११ मंसीर राति समूह चरणको खेलमा ब्राजिलका मिडफिल्डर फाबिन्होले १९ मिनेटमै मैदान छाडेका थिए।

घरेलु मैदान एनफिल्डमा सम्पन्न उक्त खेलमा लिभरपुल १–१ को बराबरीमा रोकिएको थियो।

लिभरपुलले २६ वर्षे फाबिन्होको कुर्कुच्चाको लिगामेन्टमा चोट लागेको जनाएको छ।

“उनीजस्तो प्रतिभावान खेलाडी गुमाउनु दुखद् कुरा हो,” लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने, “क्रिसमसमा हुने खेलमा उनी उपलब्ध हुने छैनन्।”

च्याम्पियन्स लिग, प्रिमियर लिग, काराबाओ कप र क्लब विश्वकप गरी लिभरपुलले अबको ३४ दिनमा ११ खेल खेल्नेछ।

फाबिन्हो यस सिजन लिगको १३ मध्ये १२ खेल र च्याम्पियन्स लिगको पाँचै खेलमा पहिलो रोजाइमा पर्न सफल भए।

प्रतिक्रिया दिनुहोस्