काठमाडौं। युरोपा लिगमा एचएनके रिजेकाविरुद्ध खेल्नुअघि इटालियन क्लब नेपोलीले आफ्नो दिग्गज पूर्व खेलाडी डिएगो म्याराडोनालाई श्रद्धाञ्जली अर्पण गरेको छ।

नेपोलीबाट दुई इटालियन सिरी ‘ए’ को उपाधि जितेको अर्जेन्टिनाका म्याराडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको थियो।

सान पाउलो रंगशालालाई म्याराडोनाको सम्मानमा झकिझकाउ पारिएको थियो। हजारौं समर्थक रंगशालामा भेला भएका थिए। नेपोलीका मालिक औरेलियो डी लाउरेन्टिसले खुला पत्र लेख्दै रंगशालाको नाम परिवर्तन गरेर म्याराडोना राख्ने बताएका थिए। उक्त प्रस्तावलाई नेप्लेसका मेयर लुइगी डी म्याजिस्ट्रिजले पनि समर्थन गरेका थिए।

म्याराडोनाले १९८४ देखि १९९१ सम्म नेपोलीबाट खेलेका थिए। उनले नेपोलीबाट १९८७ र १९९० मा सिरी ‘ए’ उपाधि जितेका थिए भने १९८९ मा यूईएफए कपको उपाधि जितेका थिए।

एक मिनेटको माैनधारणपछि बिहीबारको खेल सुरू गरिएको थियो। क्रोएसियाको रिजेकाविरुद्ध नेपोलीका सबै खेलाडीले १० नम्बरको जर्सी लगाएर मैदान छिरेका थिए।

रिजेकाविरुद्ध २-० को नतिजा निकालेपछि नेपोली समूह ‘एफ’ को शीर्ष स्थानमा रहन सफल भएको छ। माटेयो पोलिटानोले ४१औं मिनेटमा गरेको गोलबाट नेपोलीले अग्रता लिएको थियो। खेल सकिन १५ मिनेट बाँकी हुँदा हिर्भिङ लोजानोले अग्रता दोब्बर बनाए।

जितसँगै नेपोलीले चार खेलबाट ९ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको रियाल सोसिडाडको सात अंक छ। समान सात अंकको एजे अल्कमार तेस्रो स्थानमा छ। रिजेकाले अंक जोड्न सकेको छैन। सोसिडाड र अल्कमारले गोलरहित बराबरी खेलेका थिए।

" /> काठमाडौं। युरोपा लिगमा एचएनके रिजेकाविरुद्ध खेल्नुअघि इटालियन क्लब नेपोलीले आफ्नो दिग्गज पूर्व खेलाडी डिएगो म्याराडोनालाई श्रद्धाञ्जली अर्पण गरेको छ।

नेपोलीबाट दुई इटालियन सिरी ‘ए’ को उपाधि जितेको अर्जेन्टिनाका म्याराडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको थियो।

सान पाउलो रंगशालालाई म्याराडोनाको सम्मानमा झकिझकाउ पारिएको थियो। हजारौं समर्थक रंगशालामा भेला भएका थिए। नेपोलीका मालिक औरेलियो डी लाउरेन्टिसले खुला पत्र लेख्दै रंगशालाको नाम परिवर्तन गरेर म्याराडोना राख्ने बताएका थिए। उक्त प्रस्तावलाई नेप्लेसका मेयर लुइगी डी म्याजिस्ट्रिजले पनि समर्थन गरेका थिए।

म्याराडोनाले १९८४ देखि १९९१ सम्म नेपोलीबाट खेलेका थिए। उनले नेपोलीबाट १९८७ र १९९० मा सिरी ‘ए’ उपाधि जितेका थिए भने १९८९ मा यूईएफए कपको उपाधि जितेका थिए।

एक मिनेटको माैनधारणपछि बिहीबारको खेल सुरू गरिएको थियो। क्रोएसियाको रिजेकाविरुद्ध नेपोलीका सबै खेलाडीले १० नम्बरको जर्सी लगाएर मैदान छिरेका थिए।

रिजेकाविरुद्ध २-० को नतिजा निकालेपछि नेपोली समूह ‘एफ’ को शीर्ष स्थानमा रहन सफल भएको छ। माटेयो पोलिटानोले ४१औं मिनेटमा गरेको गोलबाट नेपोलीले अग्रता लिएको थियो। खेल सकिन १५ मिनेट बाँकी हुँदा हिर्भिङ लोजानोले अग्रता दोब्बर बनाए।

जितसँगै नेपोलीले चार खेलबाट ९ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको रियाल सोसिडाडको सात अंक छ। समान सात अंकको एजे अल्कमार तेस्रो स्थानमा छ। रिजेकाले अंक जोड्न सकेको छैन। सोसिडाड र अल्कमारले गोलरहित बराबरी खेलेका थिए।

"> नेपोलीद्वारा म्याराडोनालाई श्रद्धाञ्जली, रिजेकाविरुद्ध सहज जित: Dekhapadhi
नेपोलीद्वारा म्याराडोनालाई श्रद्धाञ्जली, रिजेकाविरुद्ध सहज जित
काठमाडौं। युरोपा लिगमा एचएनके रिजेकाविरुद्ध खेल्नुअघि इटालियन क्लब नेपोलीले आफ्नो दिग्गज पूर्व खेलाडी डिएगो म्याराडोनालाई श्रद्धाञ्जली अर्पण गरेको छ।

नेपोलीबाट दुई इटालियन सिरी ‘ए’ को उपाधि जितेको अर्जेन्टिनाका म्याराडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको थियो।

सान पाउलो रंगशालालाई म्याराडोनाको सम्मानमा झकिझकाउ पारिएको थियो। हजारौं समर्थक रंगशालामा भेला भएका थिए। नेपोलीका मालिक औरेलियो डी लाउरेन्टिसले खुला पत्र लेख्दै रंगशालाको नाम परिवर्तन गरेर म्याराडोना राख्ने बताएका थिए। उक्त प्रस्तावलाई नेप्लेसका मेयर लुइगी डी म्याजिस्ट्रिजले पनि समर्थन गरेका थिए।

म्याराडोनाले १९८४ देखि १९९१ सम्म नेपोलीबाट खेलेका थिए। उनले नेपोलीबाट १९८७ र १९९० मा सिरी ‘ए’ उपाधि जितेका थिए भने १९८९ मा यूईएफए कपको उपाधि जितेका थिए।

एक मिनेटको माैनधारणपछि बिहीबारको खेल सुरू गरिएको थियो। क्रोएसियाको रिजेकाविरुद्ध नेपोलीका सबै खेलाडीले १० नम्बरको जर्सी लगाएर मैदान छिरेका थिए।

रिजेकाविरुद्ध २-० को नतिजा निकालेपछि नेपोली समूह ‘एफ’ को शीर्ष स्थानमा रहन सफल भएको छ। माटेयो पोलिटानोले ४१औं मिनेटमा गरेको गोलबाट नेपोलीले अग्रता लिएको थियो। खेल सकिन १५ मिनेट बाँकी हुँदा हिर्भिङ लोजानोले अग्रता दोब्बर बनाए।

जितसँगै नेपोलीले चार खेलबाट ९ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको रियाल सोसिडाडको सात अंक छ। समान सात अंकको एजे अल्कमार तेस्रो स्थानमा छ। रिजेकाले अंक जोड्न सकेको छैन। सोसिडाड र अल्कमारले गोलरहित बराबरी खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्