काठमाडौं। इन्टर मिलानका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले डिएगो म्याराडोनालाई ‘फुटबलको कविता’ भनेर सम्बोधन गरेका छन्। बुधबार अर्जेन्टिनाका महान खेलाडी म्यारोडोनाको निधन भएपछि कोन्टेले त्यस्तो अभिव्यक्ति दिएका हुन्।
विश्वकप विजेता म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण बुधबार राती निधन भएको थियो। इटालियन सिरी ‘ए’ मा कोन्टेले लिसबाट म्याराडोनाविरुद्ध खेलेका थिए।
“म्याराडोना त्यस्ता व्यक्ति हुन्, जसले फुटबलको इतिहास कोरेका छन्। उनलाई गुमाउनु पर्दा सबैको आँखा रसाएको छ। उनको निधन भयो भनेर मलाई अझै पनि विश्वास लागेको छैन,” कोन्टेले भने, “उनी फुटबलका कविता हुन्। उनीविरुद्ध खेल्न तथा उनलाई रोक्न पाउनु मेरा लागि सुखद क्षण थियो। उनी अझै पनि युवा नै थिए। यो निकै दुःखद समाचार हो।”
च्याम्पियन्स लिगमा इन्टर मिलानले गए राति रियाल मड्रिडविरुद्ध खेलेको थियो। घरेलु मैदानमा रियालसँग २–० ले पराजित भएपछि च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने इन्टरको सम्भावना कठिन बनेको छ।
रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले म्याराडोनाको निधनले विश्व फुटबलमा ठूलो क्षति भएको बताएका छन्। विश्वकप विजेता फ्रान्सका जिदानले थपे, “१९८६ को विश्वकपका कारण म्याराडोनाले मेरो मष्तिस्कमा गहिरो छाप छाडेका छन्। त्यतिबेला म १४ वर्षको थिए। म्याराडोनाबारे बोल्न अहिले मसँग कुनै शब्द छैन। यो दुःखद् क्षण हो।”
म्यारोडोनाको कप्तानीमा अर्जेन्टिनाले १९८६ को विश्वकपमा उपाधि जितेको थियो। उनले २०१० मा अर्जेन्टिनाको प्रशिक्षणको जिम्मेवारी सम्हालेका थिए। १९७७ देखी १९९४ सम्ममा म्याराडोनाले ९१ अन्तर्राष्ट्रिय खेलमा ३४ गोल गरेका थिए। इटालीमा म्यारोडोनाले नापोलीबाट दुई पटक (१९८७ र १९९०) इटालियन सिरी ‘ए’ को उपाधि जितेका थिए।
नापोलीबाट म्याराडोनाले १९८९ मा युईएफए कपको उपाधि पनि जितेका थिए। उनले बार्सिलोनाबाट पनि कोपा डेल रेसहित तीन उपाधि जितेका थिए।
" /> काठमाडौं। इन्टर मिलानका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले डिएगो म्याराडोनालाई ‘फुटबलको कविता’ भनेर सम्बोधन गरेका छन्। बुधबार अर्जेन्टिनाका महान खेलाडी म्यारोडोनाको निधन भएपछि कोन्टेले त्यस्तो अभिव्यक्ति दिएका हुन्।विश्वकप विजेता म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण बुधबार राती निधन भएको थियो। इटालियन सिरी ‘ए’ मा कोन्टेले लिसबाट म्याराडोनाविरुद्ध खेलेका थिए।

">