एजेन्सी। नेपोलीका अध्यक्ष औरेलियो डी लाउरेन्टिसले बुधबार हृदयघातका कारण मृत्युवरण गरेका क्लब इतिहासकै महान हस्ती डिएगो म्याराडोनाको सम्मानमा क्लबको रंगशाला उनको नाममा राख्ने बताएका छन्।
विश्व फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडीको रूपमा मानिएका म्याराडोनाको गएराति ६० वर्षको उमेरमा मृत्यु भएको थियो। अर्जेन्टिनालाई १९८६ को विश्वकप जिताउन मूख्य भूमिका निर्वाह गरेका म्याराडोनाकै प्रेरणामा नेपोलीले १९८६/८७ र १९८९/९० को सिजनमा इटालियन सिरी ‘ए’ को उपाधि जितेको थियो। त्यसयता नेपोलीले क्लबको खातामा अर्को लिग उपाधि थप्न सकेको छैन।
नेपल्समा भगवानझैँ पुजिने म्याराडोनाको मृत्युमा नेपोलीका समर्थक तथा नेपल्सबासी शोकमा डुबिरहेका बेला डी लाउरेन्टिसले क्लबको स्टेडियो सानपाउलोको नामाकरण म्याराडोनाको नामबाट गर्न सकिने बताएका हुन्।
“म्याराडोनाको सम्मानमा हामी रंगशालाको नाम सानपाउलो म्याराडोना राख्ने विषयमा सोचिरहेका छौं,” डी लाउरेन्टिसले भने।
नेपल्सका मेयर लुइजी डी म्याजिस्ट्रिसले पनि सानपाउलो रंगशालाको नाम फेरेर डिएगो अर्मान्डो म्याराडोना राख्न प्रस्ताव गरेका छन्।
“नेपल्स र नेपोली सहरको ख्याति विश्वव्यापी बनाउन म्याराडोनाको ठूलो योगदान छ। यसैगरी विश्व फुटबलका सबभन्दा प्रतिभावान जादुगर म्याराडोनाको पहिचान स्थापित गर्नमा पनि नेपोलीको योगदान छ। नेपोली र म्याराडोना एक-अर्कासँग सधै जोडिएका छन्। नेपोलीको चर्चा गर्दा म्याराडोनाको नाम जसरी सँगै आउँछ, म्याराडोनाको बारेमा कुरा गर्दा पनि नेपोली जोडिन्छ,” मेयर डी म्याजिस्ट्रिसले भनेका छन्।
" /> एजेन्सी। नेपोलीका अध्यक्ष औरेलियो डी लाउरेन्टिसले बुधबार हृदयघातका कारण मृत्युवरण गरेका क्लब इतिहासकै महान हस्ती डिएगो म्याराडोनाको सम्मानमा क्लबको रंगशाला उनको नाममा राख्ने बताएका छन्।विश्व फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडीको रूपमा मानिएका म्याराडोनाको गएराति ६० वर्षको उमेरमा मृत्यु भएको थियो। अर्जेन्टिनालाई १९८६ को विश्वकप जिताउन मूख्य भूमिका निर्वाह गरेका म्याराडोनाकै प्रेरणामा नेपोलीले १९८६/८७ र १९८९/९० को सिजनमा इटालियन सिरी ‘ए’ को उपाधि जितेको थियो। त्यसयता नेपोलीले क्लबको खातामा अर्को लिग उपाधि थप्न सकेको छैन।

">