काठमाडौं। फिल फोडानले पहिलो हाफमा गरेको गोलमा म्यानचेस्टर सिटीले गएराति ओलम्पिकोसलाई १-० ले हराउँदै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ।
इङ्ल्यान्डका २० वर्षे फोडानले ३६औं मिनेटमा गरेको गोल सिटीलाई जिताउन पर्याप्त बन्यो।
जितसँगै सिटीले समूह ‘सी’ को शीर्ष स्थानमा रहेर नकआउट चरणमा स्थान बनाएको छ। सिटीले समूह चरणका चार खेलबाट १२ अंक जोडेको छ। ओलम्पिकोस तीन अंकका साथ तेस्रो स्थानमा छ। चार खेलबाट ९ अंक जोडेको एफसी पोर्टो दोस्रो स्थानमा छ।
एफसी पोर्टोले मार्सेलाई २-० ले पराजित गरेको थियो। पोर्टोको जितमा जैडु सानुसी र सर्जियो ओलिभेराले गरेका थिए। मार्से र पोर्टो दुबै टीम दश खेलाडीमा सिमित बनेका थिए। पोर्टोका मार्को ग्रुजिकले ६७औं मिनेटमा तथा लियोनार्डो बालेर्डीले ७०औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदान छाडेका थिए।
" /> काठमाडौं। फिल फोडानले पहिलो हाफमा गरेको गोलमा म्यानचेस्टर सिटीले गएराति ओलम्पिकोसलाई १-० ले हराउँदै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ।इङ्ल्यान्डका २० वर्षे फोडानले ३६औं मिनेटमा गरेको गोल सिटीलाई जिताउन पर्याप्त बन्यो।

">