काठमाडौं। स्पेनिस महारथी रियाल मड्रिडसँग घरेलु मैदान २-० ले पराजित भएपछि इटालियन क्लब इन्टर मिलानको च्याम्पियन्स लिगमा अघिल्लो चरण पुग्ने सम्भावना कमजोर भएको छ।
भ्रमणकारी रियालले सातौं मिनेटमा इडेन हाजार्डको पेनाल्टी गोलबाट अग्रता लिएको थियो। रियालका नाचो फर्नान्डेजलाई निकोलो बरेलाले फाउल गरेपछि रियालले पेनाल्टी अवसर पाएको हो। जसलाई हाजार्डले गोलमा परिणत गरे।
३३औं मिनेटमा अर्टुरो भिडालले दोस्रो पहेंलो कार्डको सामना गरेपछि इन्टरको पुनरागमन गर्ने सम्भावना कमजोर बनेको थियो। ५९औं मिनेटमा आच्रफ हाकिमीले गरेको आत्मघाती गोलबाट रियालले अग्रता दोब्बर बनायो। त्यही दुई गोल रियाललाई महत्वपूर्ण तीन अंक जोड्न पर्याप्त बन्यो।
जितसँगै चार खेलबाट सात अंक जोडेको रियाल समूह ‘बी’ को दोस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष क्लब बोरुसिया मोन्चेनग्लाडबचको भन्दा एक अंकले पछाडी हो। इन्टर मिलान भने दुई अंकका साथ समूहको पुछारमा छ।
मोन्चेनग्लाडबचले गएराति नै सम्पन्न खेलमा शाख्तर डोनेस्कमाथि ४-० को विजय हासिल गरेको थियो। मोन्चेनग्लाडबचको जितमा लार्स स्टिन्डल, निको इल्भेडी, ब्रील इम्बोलो र ओस्कार वेन्डटले गोल गरेका थिए।
" /> काठमाडौं। स्पेनिस महारथी रियाल मड्रिडसँग घरेलु मैदान २-० ले पराजित भएपछि इटालियन क्लब इन्टर मिलानको च्याम्पियन्स लिगमा अघिल्लो चरण पुग्ने सम्भावना कमजोर भएको छ।भ्रमणकारी रियालले सातौं मिनेटमा इडेन हाजार्डको पेनाल्टी गोलबाट अग्रता लिएको थियो। रियालका नाचो फर्नान्डेजलाई निकोलो बरेलाले फाउल गरेपछि रियालले पेनाल्टी अवसर पाएको हो। जसलाई हाजार्डले गोलमा परिणत गरे।

">