काठमाडौं। इङ्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुल गएराति इटालियन क्लब एटलान्टासँग घरेलु मैदानमा २-० ले पराजित गरेको छ। यो नतिजासँगै च्याम्पियन्स लिगको समूह ‘डी’ मा नकआउट चरण पुग्ने सम्भावना खुला भएको छ।
भ्रमणकारी एटलान्टाले चार मिनेटको अन्तरालमा गरेको दुई गोलको मद्दतमा महत्वपूर्ण तीन अंक जोड्न सफल भएको थियो। जोसिप इलिसिसको गोलबाट एटलान्टाले ६०औं मिनेटमा अग्रता लिएको थियो। त्यसको चार मिनेटपछि रोबिन जोसेन्सले अग्रता दोब्बर बनाए।
कोभिड-१९ संक्रमणमुक्त फर्किएका मोहम्मद सालाहले पहिलो गोल गर्ने राम्रो खेर फालेपछि लिभरपुलले अग्रता लिने मौका गुमाएको थियो। पहिलो गोल खाएलत्तगै लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले चार खेलाडी परिवर्तन गरेका थिए। त्यसका बाबजुद पनि लिभरपुलले पुनरागमन गर्न सकेनन्। २०१८ पछि लिभरपुल घरेलु मैदानमा निर्धारित ९० मिनेटको समयमा पराजित भएको यो पहिलो पटक हो।
हारका बाबजुद लिभरपुल ९ अंकका साथ शीर्ष स्थानमा छ। एटलान्टा सात अंकका साथ तेस्रो स्थानमा छ। समान सात अंकको आयाक्स दोस्रो स्थानमा छ। आयाक्सले गएराति नै सम्पन्न खेलमा मिट्जेल्यान्डलाई ३-१ ले पराजित गरेको थियो। मिट्जेल्यान्डले अहिलेसम्म अंक जोड्न सकेको छैन।
" />काठमाडौं। इङ्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुल गएराति इटालियन क्लब एटलान्टासँग घरेलु मैदानमा २-० ले पराजित गरेको छ। यो नतिजासँगै च्याम्पियन्स लिगको समूह ‘डी’ मा नकआउट चरण पुग्ने सम्भावना खुला भएको छ।

">