काठमाडौँ। सबभन्दा धेरैपटक च्याम्पियन्स लिगको उपाधि जितेको रियाल मड्रिड जारी सिजन युरोपियन प्रतियोगितामा जितका लागि संघर्ष गरिरहेको छ। संघर्षरत रियालले आज एन्टोनियो कोन्टेको इन्टर मिलानविरुद्ध प्रतिस्पर्धा गर्दै छ।
इटाली भ्रमणमा रहेको रियालका कप्तान सर्जियो रामोससहित फरवार्ड करिम बेन्जेमा र इडर मिलिटाओ पनि टीममा उपलब्ध हुनेछैनन्। त्यस्तै सान सिरोमा हुने खेलमा लुका जोभिक, फेडरिको भाल्भार्डे र अल्भारो ओड्रिओजोला पनि टीममा उपलब्ध हुनेछैनन्।
समूह ‘बी’ मा तीन खेल सकिँदा रियाल चार अंकका साथ तेस्रो स्थानमा छ। रियालले एक खेल जितेको छ। एकमा पराजित रियालले एक खेल बराबरी खेलेको थियो।
समूह ‘बी’ मा जर्मन बुन्डेसलिगाको क्लब बोरुसिया मोन्चेनग्लाडबच पाँच अंकका साथ शीर्ष स्थानमा छ भने शाख्तर डोनेस्कचार अंकका साथ दोस्रो स्थानमा छ।
इन्टर मिलानको हालात रियालको भन्दा खराब छ। इन्टर अहिलेसम्म विजय हालिस गर्न सकेको छैन। इन्टरले दुई खेल बराबरी खेलेको छ भने एक खेलमा पराजित भएको छ। तथापी इन्टरका प्रशिक्षक कोन्टे अन्तिम १६ मा स्थान बनाउनका लागि आफुलाई अब सात अंक जोडे पुग्ने बताउँछन्।
“हामी बाँकी खेल राम्रो नतिजासहित जित्न चाहन्छौं। समूह चरणमा अझै तीन खेल बाँकी छन्। बाँकी सबै खेल जित्ने हाम्रो लक्ष्य हो तर हामीले कम्तिमा सात अंक जोड्यौं भने अघिल्लो चरणमा स्थान बनाउनेछौं,” इन्टरका प्रशिक्षक कोन्टेले भने, “हामी च्याम्पियन्स लिगको सबभन्दा कठिन समूहमा छौं। तर यसअघि हामीले गरेको प्रदर्शन हेर्ने हो भने हामी वर्तमान स्थितिभन्दा राम्रो अवस्थामा हुनुपर्ने हो। तर यसअघिको प्रदर्शनले नतिजा राम्रो आएको छैन भने हामीले त्यो भन्दा राम्रो प्रदर्शन गर्नुपर्छ।”
यसअघि रियालविरुद्धको खेलमा भने इन्टर ३–२ ले पराजित भएको थियो।
साविक विजेता बायर्न म्युनिखले आज साल्जबर्गविरुद्ध प्रतिस्पर्धा गर्नेछ। समूह ‘ए’ मा बायर्न ९ अंकका साथ शीर्ष स्थानमा छ। एट्लेटिको मड्रिड चार अंकका साथ दोस्रो स्थानमा छ। एक अंकका साथ पुछारमा रहेको साल्जबर्गलाई पराजित गरे बायर्नले समूह चरणमा दुई बाँकी हुदै अन्तिम १६ मा स्थान बनाउनेछ। स्पेनिस क्लब एट्लेटिको लुकोमोटिभविरुद्ध खेल्नेछ।
त्यस्तै प्रिमियर लिग क्लब लिभरपुलले पनि इटालियन क्लब एटलान्टालाई घरमा निम्त्याउने छ। लिभरपुल पनि चोटबाट ग्रसित छ। लिभरपुलका कप्तान जोर्डन हेन्डरसन, रक्षक भर्जिल भान डाइक, जो गोमेज, थियागो एटकान्ट्रा ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड र नेबी केइटा चोटका कारण टीममा उपलब्ध हुनेछैनन्।
यसका बाबजुद प्रिमियर लिगको पछिल्लो खेलमा लेस्टर सिटीलाइ पराजित गरेपछि लिभरपुलको मनोबल बढेको छ। कोभिड–१९ परिक्षणको नतिजा नेगेटिभ आएपछि सालाह टीममा फर्किएपछि भिलरपुल अझ हौसिएको छ। आज राति घरेलु मैदान एनफिल्डमा एटलान्टालाई पराजित गरे समूह चरणको दुई खेलअघि नै लिभरपुलले अन्तिम १६ मा स्थान बनाउनेछ। समूह चरणका अघि एटलान्टाविरुद्धको अवे खेलमा लिभरपुल ५–० ले विजयी भएको थियो।
च्याम्पियन्स लिगमा आजको खेल
| समूह ‘ए’ |
|
| समूह ‘बी’ |
|
| समूह ‘सी’ |
|
| समूह ‘डी’ |