एजेन्सी। मार्सेलो विएल्सा फिफाको उत्कृष्ट प्रशिक्षक विधाको मनोनयनमा पर्दा यसपालि म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला भने अवार्डमा अनुपस्थित हुने भएका छन्।

विएल्साको नेतृत्वमा यसपालि लिड्स युनाइटेडले १६ वर्षपछि इङलिस प्रिमियर लिगमा पुनरागमन जनाएको थियो। अर्जेन्टिनाका पूर्व प्रशिक्षक विएल्साको नेतृत्वमा प्रिमियर लिगमा पुनरागमनपछिको पहिलो सिजनमा पनि अहिलेसम्म लिड्सको  प्रदर्शन सनसनीपूर्ण रहँदै आएको छ।

जारी सिजनमा लिड्सले म्यानचेस्टर सिटी र आर्सनलजस्ता महारथीसँग बराबरी नतिजा निकालिसकेको छ। यही उत्कृष्ट प्रदर्शनका लागि फिफाले उनलाई उत्कृष्ट प्रशिक्षकको शीर्ष पाँचमा छानेको हो।

२०२० का शीर्ष पाँच प्रशिक्षकको सूचीमा अटाएका अन्य प्रशिक्षकमा बायर्न म्युनिखका च्याम्पियन्स लिग विजेता प्रशिक्षक ह्यान्सी फ्लिक र लिभरपुलका प्रिमियर लिग विजेता योर्गान क्लोप छन्। यसै गरी रियाल मड्रिडलाई स्पेनिस ला लिगाको उपाधि जिताएका जिनेदिन जिदान र सेभियालाई युरोपा लिग जिताएका जुलियन लोप्तेगी पनि शीर्ष पाँच प्रशिक्षकको मनोनयनमा परेका छन्।

२०१९ मा क्लोपले उत्कृष्ट प्रशिक्षकको उपाधि जित्दा दोस्रो स्थानमा आएका सिटीका प्रशिक्षक ग्वार्डिओला भने यसपालि मनोनयनमा परेनन्। ग्वार्डिओलाको सिटी प्रिमियर लिगमा उपाधि रक्षा गर्न असफल भएको थियो। च्याम्पियन लिभरपुलभन्दा १८ अंकले पछि परेको सिटीले उपविजेतामै चित्त बुझाएको थियो।

जारी सिजनमा पनि सिटी आठ खेलमा १२ अंकका साथ १३ औं स्थानमा सीमित छ। टोली शीर्ष स्थानको टोटेनह्यामभन्दा ८ अंकले पछि छ।

" /> एजेन्सी। मार्सेलो विएल्सा फिफाको उत्कृष्ट प्रशिक्षक विधाको मनोनयनमा पर्दा यसपालि म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला भने अवार्डमा अनुपस्थित हुने भएका छन्।

विएल्साको नेतृत्वमा यसपालि लिड्स युनाइटेडले १६ वर्षपछि इङलिस प्रिमियर लिगमा पुनरागमन जनाएको थियो। अर्जेन्टिनाका पूर्व प्रशिक्षक विएल्साको नेतृत्वमा प्रिमियर लिगमा पुनरागमनपछिको पहिलो सिजनमा पनि अहिलेसम्म लिड्सको  प्रदर्शन सनसनीपूर्ण रहँदै आएको छ।

जारी सिजनमा लिड्सले म्यानचेस्टर सिटी र आर्सनलजस्ता महारथीसँग बराबरी नतिजा निकालिसकेको छ। यही उत्कृष्ट प्रदर्शनका लागि फिफाले उनलाई उत्कृष्ट प्रशिक्षकको शीर्ष पाँचमा छानेको हो।

२०२० का शीर्ष पाँच प्रशिक्षकको सूचीमा अटाएका अन्य प्रशिक्षकमा बायर्न म्युनिखका च्याम्पियन्स लिग विजेता प्रशिक्षक ह्यान्सी फ्लिक र लिभरपुलका प्रिमियर लिग विजेता योर्गान क्लोप छन्। यसै गरी रियाल मड्रिडलाई स्पेनिस ला लिगाको उपाधि जिताएका जिनेदिन जिदान र सेभियालाई युरोपा लिग जिताएका जुलियन लोप्तेगी पनि शीर्ष पाँच प्रशिक्षकको मनोनयनमा परेका छन्।

२०१९ मा क्लोपले उत्कृष्ट प्रशिक्षकको उपाधि जित्दा दोस्रो स्थानमा आएका सिटीका प्रशिक्षक ग्वार्डिओला भने यसपालि मनोनयनमा परेनन्। ग्वार्डिओलाको सिटी प्रिमियर लिगमा उपाधि रक्षा गर्न असफल भएको थियो। च्याम्पियन लिभरपुलभन्दा १८ अंकले पछि परेको सिटीले उपविजेतामै चित्त बुझाएको थियो।

जारी सिजनमा पनि सिटी आठ खेलमा १२ अंकका साथ १३ औं स्थानमा सीमित छ। टोली शीर्ष स्थानको टोटेनह्यामभन्दा ८ अंकले पछि छ।

"> विएल्सा उत्कृष्ट प्रशिक्षकको मनोनयनमा, सिटीका प्रशिक्षक ग्वार्डिओला परेनन्: Dekhapadhi
विएल्सा उत्कृष्ट प्रशिक्षकको मनोनयनमा, सिटीका प्रशिक्षक ग्वार्डिओला परेनन्
एजेन्सी। मार्सेलो विएल्सा फिफाको उत्कृष्ट प्रशिक्षक विधाको मनोनयनमा पर्दा यसपालि म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला भने अवार्डमा अनुपस्थित हुने भएका छन्।

विएल्साको नेतृत्वमा यसपालि लिड्स युनाइटेडले १६ वर्षपछि इङलिस प्रिमियर लिगमा पुनरागमन जनाएको थियो। अर्जेन्टिनाका पूर्व प्रशिक्षक विएल्साको नेतृत्वमा प्रिमियर लिगमा पुनरागमनपछिको पहिलो सिजनमा पनि अहिलेसम्म लिड्सको  प्रदर्शन सनसनीपूर्ण रहँदै आएको छ।

जारी सिजनमा लिड्सले म्यानचेस्टर सिटी र आर्सनलजस्ता महारथीसँग बराबरी नतिजा निकालिसकेको छ। यही उत्कृष्ट प्रदर्शनका लागि फिफाले उनलाई उत्कृष्ट प्रशिक्षकको शीर्ष पाँचमा छानेको हो।

२०२० का शीर्ष पाँच प्रशिक्षकको सूचीमा अटाएका अन्य प्रशिक्षकमा बायर्न म्युनिखका च्याम्पियन्स लिग विजेता प्रशिक्षक ह्यान्सी फ्लिक र लिभरपुलका प्रिमियर लिग विजेता योर्गान क्लोप छन्। यसै गरी रियाल मड्रिडलाई स्पेनिस ला लिगाको उपाधि जिताएका जिनेदिन जिदान र सेभियालाई युरोपा लिग जिताएका जुलियन लोप्तेगी पनि शीर्ष पाँच प्रशिक्षकको मनोनयनमा परेका छन्।

२०१९ मा क्लोपले उत्कृष्ट प्रशिक्षकको उपाधि जित्दा दोस्रो स्थानमा आएका सिटीका प्रशिक्षक ग्वार्डिओला भने यसपालि मनोनयनमा परेनन्। ग्वार्डिओलाको सिटी प्रिमियर लिगमा उपाधि रक्षा गर्न असफल भएको थियो। च्याम्पियन लिभरपुलभन्दा १८ अंकले पछि परेको सिटीले उपविजेतामै चित्त बुझाएको थियो।

जारी सिजनमा पनि सिटी आठ खेलमा १२ अंकका साथ १३ औं स्थानमा सीमित छ। टोली शीर्ष स्थानको टोटेनह्यामभन्दा ८ अंकले पछि छ।

प्रतिक्रिया दिनुहोस्