फाइल तस्वीर।
क्रिकेट टीमको प्रशिक्षण भोलिबाट मात्र
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले भोलिबाट मात्र प्रशिक्षण सुरू गर्ने भएको छ।

कोभिड-१९ महामारीका कारण स्थगित क्रिकेट टीमले चैतपछि पहिलो पटक सामूहिक प्रशिक्षण गर्न लागेको हो।

नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि मंसिर १० (आज) बाट काठमाडौंमा बन्द प्रशिक्षण शिविर सञ्चालन गर्ने जनाएको थियो। तर खेलाडी तथा प्रशिक्षकहरूको हिजो (९ गते) मात्र कोभिड-१९ परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।

कोभिड-१९ परीक्षणको नतिजा आज बेलुकीसम्म मात्र आउने भएका कारण क्रिकेट टीमको प्रशिक्षण भोलि मात्र हुने भएको हो।

‘‘कोभिड-१९ परीक्षणको नतिजा आज आउँछ। नतिजापछि मात्र को बस्ने को नबस्ने टुंगो लाग्छ। त्यसकारण भोलिबाट मात्र हाम्रो प्रशिक्षण सुरू हुन्छ,’’ प्रशिक्षक जगत टमाटाले देखापढीलाई भने।

क्यानले बन्द प्रशिक्षणका लागि २२ खेलाडीलाई बोलाएको थियो। तर, चार खेलाडी मंगलबार स्वाब संकलनमा उपस्थित थिएनन्। उपस्थित नहुनेमा सन्दीप लामिछाने, करण केसी, वसन्त रेग्मी र सुवास खकुरेल छन्। खेलाडी, प्रशिक्षक तथा फिजियो गरी १८ जनाको परीक्षण गरिएको हो।

प्रशिक्षणमा बोलाइएका खेलाडीहरूः

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप कप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर, करण केसी, वसन्त रेग्मी, बिनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललितनारायाण राजवंशी, आरिफ शेख, पवन सराफ, अविनाश बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की

प्रशिक्षक: जगतबहादुर टमटा

प्रतिक्रिया दिनुहोस्