काठमाडौं। लिभरपुलका फरवार्ड मोहम्मद सालाह च्याम्पियन्स लिगमा आज राति हुने एटलान्टाविरुद्धको खेलमा उपलब्ध हुने भएका छन्। कोभिड-१९ परीक्षणको नतिजा नेगेटिभ आएपछि सालाह लिभरपुलको अभ्यासमा फर्किसकेका छन्।
२८ वर्षे सालाह अन्तर्राष्ट्रिय खेलका लागि इजिप्ट जाँदा कोरोना भाइरस संक्रमित भएका थिए। उनले आइतबार लेस्टर सिटीविरुद्ध लिभरपुल ३-० ले विजयी भएको खेल गुमाएका थिए।
तर, कोभिड-१९ परिक्षणको नतिजा नेगेटिभ आएपछि सालाह सोमबारबाट अभ्यासमा फर्किएका हुन्। जारी सिजन च्याम्पियन्स लिगमा लिभरपुलले सतप्रतिशत नतिजा निकालेको छ। आज राति घरेलु मैदान एनफिल्डमा एटलान्टालाई पराजित गरे समूह चरणको दुई खेलअघि नै लिभरपुलले अन्तिम १६ मा स्थान बनाउनेछ।
समूह चरणका अघि एटलान्टाविरुद्धको अवे खेलमा लिभरपुल ५-० ले विजयी भएको थियो। उक्त खेलमा सालाहले एक गोल गरेका थिए। सालाह जारी सिजन १० गोल गरिसकेका छन्।
लिभरपुलका कप्तान जोर्डन हेन्डरसन, रक्षक भर्जिल भान डाइक, जो गोमेज, थियागो एटकान्ट्रा ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड र नेबी केइटा चोटका कारण टीममा उपलब्ध हुनेछैनन्।