काठमाडौं। इर्लिङ ब्राउट हालान्डको दुई गोलप्रेरित बोरुसिया डर्टमण्डले गएराति क्लब ब्रुगलाई ३-० ले पराजित गरेको छ। यससँगै नर्वेका २० वर्षे फरवार्ड हालान्ड च्याम्पियन्स लिगमा सबभन्दा छिटो १५ गोल गर्ने खेलाडी बनेको छन्।
घरेलु मैदानमा जाडोन सान्चोको पासलाई हालान्डले पोष्टको दिशा दिएपछि डर्टमण्डले १८औं मिनेटमा अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा सान्चो आफैले अर्को गोल थप्दै डर्टमण्डको अग्रता दोब्बर बनाए।
६०औं मिनेटमा हालान्डले अर्को गोल थप्दै कीर्तिमान बनाए। उनी च्याम्पियन्स लिगमा सबभन्दा छिटो १५ गोल गर्ने खेलाडी बने। हालान्डले यो उपलब्धि १२ खेलमा हासिल गरेका हुन्। जुन रुड भान निस्टलरोय र रोबर्टो सोल्डाडोको कीर्तिमानभन्दा सात खेल कम अगाडि हो।
हालान्डले गत साता ‘२०२० गाल्डेन ब्वाय’ अवार्ड जितेका थिए। हालान्डले यसअघि च्याम्पियन्स लिगमा चाडो पाँच गोल गर्ने कीर्तिमानी पनि बरबरी गरेका थिए।
जितसँगै चार खेलबाट ९ अंक जोडेको डर्टमण्ड समूह ‘एफ’ को शीर्ष स्थानमा छ। दोस्रो स्थानमा लाजियो छ। लाजियोले आठ अंक जोडेको छ। क्बल ब्रुगको चार अंक छ भने जेनिटको एक अंक छ।
लाजियोले जेनिटलाई ३-१ ले पराजित गरेको थियो। लाजियोको जितमा सिरो इमोबिलले दुई गोल गरे भने मार्को पारोलोले एक गोल गरे।
" /> काठमाडौं। इर्लिङ ब्राउट हालान्डको दुई गोलप्रेरित बोरुसिया डर्टमण्डले गएराति क्लब ब्रुगलाई ३-० ले पराजित गरेको छ। यससँगै नर्वेका २० वर्षे फरवार्ड हालान्ड च्याम्पियन्स लिगमा सबभन्दा छिटो १५ गोल गर्ने खेलाडी बनेको छन्।घरेलु मैदानमा जाडोन सान्चोको पासलाई हालान्डले पोष्टको दिशा दिएपछि डर्टमण्डले १८औं मिनेटमा अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा सान्चो आफैले अर्को गोल थप्दै डर्टमण्डको अग्रता दोब्बर बनाए।

">