काठमाडौं। कप्तान लियोनल मेसीलाई आराम दिइएको खेलमा बार्सिलोनाले च्याम्पियन्स लिगमा गएराति डाइनामो किभमाथि ४-० को सहज विजय हासिल गरेको छ। जितसँगै बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ।
युक्रेन भ्रमणमा प्रशिक्षक रोनाल्ड कोम्यानले टीमका महत्वपूर्ण खेलाडी घाइते हुनुका बाबजुद पनि मेसी र फ्रांक डी जोङलाई आराम दिएका थिए। ६ डिसेम्बर २०११ पछि च्याम्पियन्स लिगमा बार्सिलोनाको यो सबभन्दा युवा टीम हो।
तर, मार्टिन ब्रेथह्याइटको दुई गोल तथा सर्जिनो डेस्ट र एन्टोइन ग्रिजमनको एक एक गोलमा बार्सिलोनाले सहज विजय हासिल गर्यो।
बार्सिलोनाले ५२औं मिनेटमा डेस्टको गोलबाट अग्रता लिएको थियो। त्यसको पाँच मिनेट वित्न नपाउँदै ब्रेथह्याइटले अग्रता दोब्बर बनाए। ७०औं मिनेटमा ब्रेथह्याइटले व्यक्तिगत दोस्रो गोल गरे। ग्रिजमनले इन्जुरीमा अर्को गोल थपेपछि बार्सिलोनाको जित पक्का भएको हो।
जितसँगै समूह ‘जी’ को शीर्ष स्थानमा रहेर बार्सिलोनाले अन्तिम १६ मा स्थान पक्का गरेको छ। बार्सिलोनाले समूह चरणमा दुई खेल बाँकी हुँदै अन्तिम १६ मा स्थान बनाएको हो। बार्सिलोनाले चार खेलबाट १२ अंक जोडेको छ। युभेन्टसले समान खेलबाट ९ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको युभेन्टसले पनि अन्तिम १६ मा स्थान पक्का गर्यो। डाइनामो किभको एक अंक छ।
" /> काठमाडौं। कप्तान लियोनल मेसीलाई आराम दिइएको खेलमा बार्सिलोनाले च्याम्पियन्स लिगमा गएराति डाइनामो किभमाथि ४-० को सहज विजय हासिल गरेको छ। जितसँगै बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ।युक्रेन भ्रमणमा प्रशिक्षक रोनाल्ड कोम्यानले टीमका महत्वपूर्ण खेलाडी घाइते हुनुका बाबजुद पनि मेसी र फ्रांक डी जोङलाई आराम दिएका थिए। ६ डिसेम्बर २०११ पछि च्याम्पियन्स लिगमा बार्सिलोनाको यो सबभन्दा युवा टीम हो।

">