वेस्ट इन्डिजद्वारा अफगानिस्तान ९ विकेटले पराजित

काठमाडौं। रहकीम कर्नवालको १० विकेट तथा शमाह ब्रुक्सको शतकीय इनिङप्रेरित वेस्ट इन्डिजले आज अफगानिस्तानविरुद्धको टेस्ट क्रिकेट ९ विकेटले जितेको छ।

लखनउस्थित अटल विहारी बाजपेयी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ थालेको अफगानिस्तानले पहिलो इनिङमा सबै विकेट गुमाएर १८७ रन बनाएको थियो।

२५.३ ओभर बलिङ गरेका कर्नवालले ७५ रन दिएर सात विकेट लिएका थिए।

कर्नवाललाई जसोन होल्डरले दुई र जोमल वारिक्यानले एक विकेट लिएर सघाएका थिए।

पहिलो इनिङमा अफगानिस्तानका जाभेद अहमादीले सबभन्दा धेरै ३९ रन बनाए।

अमिर हमजाले ३४, अफसर जजाईले ३२, इसानुल्लाहले २४ रन बनाउनुबाहेक अफगानिस्तानका अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

ब्रुक्सले करियरको तेस्रो टेस्टमा पहिलो शतक पूरा गरेपछि वेस्ट इन्डिजले पहिलो इनिङमा सबै विकेट गुमाएर दुई सय ७७ रन बनाएको थियो।

ब्रुक्सबाहेक वेस्ट इन्डिजका जोन क्याम्पबेलले ५५ तथा शान डोरिचले ४२ रन बनाए।

पहिलो इनिङमा अफगानिस्तानका हमजाले पाँच विकेट लिए। रिसद खानले तीन तथा जाहिर खानले दुई विकेट लिए।

दोस्रो इनिङमा कर्नवालले थप तीन विकेट लिए।

यससँगै उनले १० विकेट पूरा गरे।

कर्नवालले टेस्ट क्रिकेटमा १० विकेट लिएको यो पहिलो पटक हो।

कर्नवालबाहेक जसोन होल्डर र रोस्टन चेजले पनि समान तीन विकेट लिएपछि अफगानिस्तानले १२० रन जोड्दा सबै विकेट गुमायो।

त्यसपछि ३१ रनको लक्ष्य वेष्ट इन्डिजले एक विकेट गुमाएर पूरा गर्‍यो।

यसअघि तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला क्लिनस्विप गरेको वेस्ट इन्डिजले तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला भने २–१ ले गुमाएको थियो।

भारत भ्रमणमा रहेको वेस्ट इन्डिजले अब घरेलु टोलीसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्