न्युजिल्यान्डको मध्यम शुरूआत

काठमाडाैं। टोम लाथमले शतक बनाएपछि न्युजिल्यान्डले इङ्ल्यान्डविरुद्ध दोस्रो टेस्टको पहिलो दिन आज राम्रो शुरूआत गरेको छ।

न्युजिल्यान्डले पहिलो दिन सकिँदा तीन विकेट गुमाएर १७३ रन बनाएको छ।

ह्यामिल्टनस्थित सेडन पार्कमा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले शुरूमै दुई विकेट गुमाएको थियो।

ओपनर जीत राभल चार र कप्तान केन विलियम्सन चार रन बनाएर पवेलियन फर्किएका थिए।

त्यसपछि रोस टेलर र लाथमले न्युजिल्यान्डको इनिङ उकासेका थिए।

दुई ब्याट्सम्यानले तेस्रो विकेटका लागि ११६ रनको साझेदारी गरे।

टेलर आठ चौकासहित ५३ रन बनाएर आउट भए।

पहिलो दिन सकिँदा लाथम अविजित १०१ र हेनरी निकोल्स पाँच रन बनाएर खेलिरहेका छन्।

विलियम्सन र टेलरलाई क्रिस वोक्सले जो रुटमार्फत् क्याच गरेका थिए।

राभललाई भने स्टुवार्ट ब्रोडले रुटकै हातबाट क्याच गरेका थिए।

यसअघि पहिलो टेस्ट न्युजिल्यान्डले एक इनिङ र ६५ रनले जितेको थियो।

टेस्ट अघि पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा इङ्ल्यान्ड ३–२ ले विजयी भएको थियो।

प्रतिक्रिया दिनुहोस्