काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले २५ जना राष्ट्रिय खेलाडीलाई छुट्टी दिएको छ। उनीहरूको कोरोना भाइरसका लागि गरिएको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएसँगै क्याम्पमा रहेका २५ खेलाडीलाई १५ दिने छुट्टी दिइएको एन्फाले जानकारी दिएको छ।
उनीहरूको सोमबार स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको थियो। दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली टोली स्वदेश फर्किएर एन्फाको छात्रबासमा बसेको थियो।
नेपालले कोरोना भाइरसको महामारीपछि बंगलादेशविरुद्ध खेलेको पहिलो खेलमा २-० ले पराजित भएको थियो भने दोस्रो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी नतिजा निकालेको थियो।
" /> काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले २५ जना राष्ट्रिय खेलाडीलाई छुट्टी दिएको छ। उनीहरूको कोरोना भाइरसका लागि गरिएको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएसँगै क्याम्पमा रहेका २५ खेलाडीलाई १५ दिने छुट्टी दिइएको एन्फाले जानकारी दिएको छ।उनीहरूको सोमबार स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको थियो। दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली टोली स्वदेश फर्किएर एन्फाको छात्रबासमा बसेको थियो।
नेपालले कोरोना भाइरसको महामारीपछि बंगलादेशविरुद्ध खेलेको पहिलो खेलमा २-० ले पराजित भएको थियो भने दोस्रो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी नतिजा निकालेको थियो।
">