काठमाडौं। बार्सिलोनाका कप्तान लियोनल मेसी च्याम्पियन्स लिगमा डाइनामो किभविरुद्धको टीममा परेका छैनन्। च्याम्पियन्स लिगमा समूह चरणको खेलका लागि बार्सिलोना युक्रेन भ्रमणमा निस्कँदैछ। युक्रेन भ्रमणको १९ जनाको टीममा कप्तान मेसी नपरेका हुन्।
जारी सिजन लय भेट्टाउन संघर्ष गरिरहेका मेसी ला लिगामा ४५ मिनेट मात्र मैदान बाहिर छन्। च्याम्पियन्स लिगको समूह ‘जी’मा रहेको बार्सिलोना तीन खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा छ।
अन्तर्राष्ट्रिय विदामा रहेका मेसी विश्वकप छनोटमा अर्जेन्टिनाबाट दुई खेल खेलेर फर्किएका हुन्। मेसीले अर्जेन्टिनाबाट विश्वकप छनोटका चार खेलमा पुरै ९० मिनेट मैदानमा बिताएका थिए।
सिजनको सुरुमै बार्सिलोना छाड्ने प्रयास गरेका गरेका मेसीको नाम अझै पनि युरोपका ठूला क्लबसँग जोडिएको छ। पछिल्लो समय विशेषगरी म्यानचेस्टर सिटीसँग उनको नाम जोडिएको छ। त्यसकारण पनि बार्सिलोनाले आरम दिनुलाई अर्थपुर्ण रूपमा लिइएको छ।
मेसीसँगै नेदरल्यान्डका मिडफिल्डर फ्रांक डी जोङ पनि युक्रेन भ्रमणको टीममा परेका छैनन्। बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यानले भने च्याम्पियन्स लिगको समूह ‘जी’ मा आफुहरु सहज स्थितिमा रहेका कारण मेसीलाई आरम दिइएको बताएका छन्।
तर, टीमका नियमित रक्षक जेरार्ड पिके, सेर्गी रोबर्टो, सामुयल उम्टिटी र रोनाल्ड आउजो, मिडफिल्डर सर्जियो बुस्केट तथा फरवार्ड अंसु फाती र पनि चोटका कारण टीममा नहुँदा प्रशिक्षक कोम्यानले मेसी र डी जोङलाई पनि आरम दिनु टीमका लागि भारी पर्न सक्छ।
" /> काठमाडौं। बार्सिलोनाका कप्तान लियोनल मेसी च्याम्पियन्स लिगमा डाइनामो किभविरुद्धको टीममा परेका छैनन्। च्याम्पियन्स लिगमा समूह चरणको खेलका लागि बार्सिलोना युक्रेन भ्रमणमा निस्कँदैछ। युक्रेन भ्रमणको १९ जनाको टीममा कप्तान मेसी नपरेका हुन्।जारी सिजन लय भेट्टाउन संघर्ष गरिरहेका मेसी ला लिगामा ४५ मिनेट मात्र मैदान बाहिर छन्। च्याम्पियन्स लिगको समूह ‘जी’मा रहेको बार्सिलोना तीन खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा छ।

">