काठमाडौं। एलेक्सिस सान्चेज र रोमेलु लुकाकुले गोल गरेको दिन इन्टर मिलानले उत्कृष्ट पुनरागमन गर्दै टोरिनोमाथि ४-२ को विजय हासिल गरेको छ। जितसँगै नापोली पाँचौं स्थानमा उक्लिएको छ।
इन्टरले घरेलु मैदानमा २-० ले पछि परेको स्थिति उल्टाएको हो। भ्रमणकारी टोरिनोले सिमोनी जाजाको गोलबाट ४५औं मिनेटमा अग्रता लिएको थियो। ६२औं मिनेटमा क्रिष्टियन ड्यानियल अन्साल्दीले पेनाल्टीमा अग्रता दोब्बर बनाए।
तर, इन्टरले सान्चेजले ६४औं मिनेटमा गरेको गोलबाट पुनरागमन गर्याे। सान्चेजले लुकाकुको पासमा गोल गरेका थिए।
६७औं मिनेटमा लुकाकु आफैंले बराबरी गोल फर्काए। ८४औं मिनेटमा लुकाकुले पेनाल्टीमा गरेको गोलबाट इन्टरले अग्रता लियो। अन्तिम मिनेटमा लाउटारो मार्टिनेजले अर्को गोल थपेपछि इन्टरले तीन अंक पक्का गरेको थियो।
जितसँगै आठ खेलबाट १५ अंक जोडेको इन्टर पाँचौं स्थानमा छ। जुन शीर्ष स्थानको एसी मिलान भन्दा पाँच अंक तथा चौथो स्थानको युभेन्टसभन्दा एक अंकले पछाडि हो। पाँच अंक जोडेको टोरिनो रेलिगेशन क्षेत्रमा छ।
" /> काठमाडौं। एलेक्सिस सान्चेज र रोमेलु लुकाकुले गोल गरेको दिन इन्टर मिलानले उत्कृष्ट पुनरागमन गर्दै टोरिनोमाथि ४-२ को विजय हासिल गरेको छ। जितसँगै नापोली पाँचौं स्थानमा उक्लिएको छ।इन्टरले घरेलु मैदानमा २-० ले पछि परेको स्थिति उल्टाएको हो। भ्रमणकारी टोरिनोले सिमोनी जाजाको गोलबाट ४५औं मिनेटमा अग्रता लिएको थियो। ६२औं मिनेटमा क्रिष्टियन ड्यानियल अन्साल्दीले पेनाल्टीमा अग्रता दोब्बर बनाए।

">