काठमाडौं। डोमिनिक कालभर्ट-लेविनको दुई गोलप्रेरित एभर्टनले फुलह्याममाथि ३-२ को संघर्षपूर्ण नतिजा निकाल्यो। एभर्टनको चार खेलपछि यो पहिलो जित हो।
तीन खेलको प्रतिबन्धपछि टीममा फर्किएका रिचार्डलिसनले आफ्नो प्रभाव देखाएका थिए। ४२ सेकेन्डमै रिचार्डलिसनले गरेको क्रममा कालभर्ट-लेविनले गोल गरेका थिए।
घरेलु टीमका बब्बी रेडले १५औं मिनेटमा बराबरी गोल फर्काएका थिए। २९औं मिनेटमा लुकास डिगनेको पासमा कालभर्ट लेविनले गरेको गोलबाट एभर्टनले पुनः अग्रता लियो।
जारी सिजन कालभर्ट लेविनको यो दशौं गोल हो। प्रिमियर लिगमा धेरै गोल गर्नेमा उनी शीर्ष स्थानमा छन्।
३५औं मिनेटमा अब्डोउले डोउकोर्सले गरेको गोलमा एभर्टनले अग्रता बढायो। वाटफोर्डबाट एभर्टनसँग अनुबन्ध भएपछि डोउकोर्सले गरेको यो पहिलो गोल हो।
६८औं मिनेटमा फुलह्यामका इभान काभालेइरो पेनाल्टीमा गोल चुकेका थिए। ७०औं मिनेटमा रुबेन लोफ्टस चेकले गोल गरे पनि फुलह्याम अंक जोड्न सफल भएन।
लगातार तीन खेलमा पराजित भएपछि एभर्टनको यो पहिलो जित हो। अक्टोबर १७ मा लिभरपुलसँग २-२ को बराबरी खेलेपछि एभर्टनले लगातार तीन खेल हारेको थियो। जितपछि ९ खेलबाट १६ अंक जोडेको एभर्टन छैटौं स्थानमा छ। समान खेलबाट चार अंक जोडेको फुलह्याम १७औं स्थानमा छ।
गएराति नै वेष्टह्याम युनाइटेडले सेफिल्ड युनाइटेडलाई १-० ले पराजित गर्याे। वेष्टह्यामको जितमा सेवास्टिन हालरले ५६औं मिनेटमा गरेको गोल पर्याप्त भयो। वेष्टह्याम आठौं स्थानमा छ भने सेफिल्ड युनाइटेड पछारमा छ।
" /> काठमाडौं। डोमिनिक कालभर्ट-लेविनको दुई गोलप्रेरित एभर्टनले फुलह्याममाथि ३-२ को संघर्षपूर्ण नतिजा निकाल्यो। एभर्टनको चार खेलपछि यो पहिलो जित हो।तीन खेलको प्रतिबन्धपछि टीममा फर्किएका रिचार्डलिसनले आफ्नो प्रभाव देखाएका थिए। ४२ सेकेन्डमै रिचार्डलिसनले गरेको क्रममा कालभर्ट-लेविनले गोल गरेका थिए।

">