काठमाडौं। फरवार्ड निकोलस पेपेले रातो कार्डको सामना गरेको दिन आर्सनलले इङ्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडसँग गोलरहित बराबरी खेलेको छ।
पोपेले रातो कार्डको सामना गर्नु अगाडि र पछाडि पनि मार्सेलो बेइल्साको लिड्सले गोलका अवसर पाएको थियो। तर, उक्त अवसरलाई सदुपयोग गर्न नसक्दा लिड्सले घरेलु मैदानमा तीन अंक जोड्ने मौका खेर फाल्यो।
आर्सनलका फरवार्ड पेपेले एज्गा एलिओस्कीलाई टाउकोले मुखमा प्रहार गरेपछि रातो कार्डको सामना गरेका थिए। रेफ्री एन्थोनी टेलरले भिडियो सहायक रेफ्रीसँगको परामर्शमा पेपेलाई सीधै रातो कार्डको दर्शन गराएका थिए।
लिड्सका वैकल्पिक खेलाडी रोड्रिगो, प्याट्रिक बामफोर्ड र राफिन्हाको प्रयास असफल भएको थियो। त्यस्तै आर्सनलका पिइरे इमिरिक औबमेयाङले ६०औं मिनेटमा गरेको प्रयास पनि सफल हुन सकेन।
बराबरीपछि ९ खेलबाट १३ अंक जोडेको आर्सनल ११औं स्थानमा छ। जुन शीर्ष क्लब टोटेनह्यामको भन्दा सात अंकले पछाडि हो भने चौथो स्थानको लेस्टर सिटीभन्दा पाँच अंकले पछाडि हो। समान खेलबाट ११ अंक जोडेको लिड्स १४औं स्थानमा छ।
" /> काठमाडौं। फरवार्ड निकोलस पेपेले रातो कार्डको सामना गरेको दिन आर्सनलले इङ्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडसँग गोलरहित बराबरी खेलेको छ।पोपेले रातो कार्डको सामना गर्नु अगाडि र पछाडि पनि मार्सेलो बेइल्साको लिड्सले गोलका अवसर पाएको थियो। तर, उक्त अवसरलाई सदुपयोग गर्न नसक्दा लिड्सले घरेलु मैदानमा तीन अंक जोड्ने मौका खेर फाल्यो।

">