काठमाडौं। एलेक्जेन्डर इसाकको गोलमा रियाल सोसिडाडले गएराति काडिजलाई १-० ले पराजित गर्दै स्पेनिस ला लिगामा शीर्ष स्थानको अंक दूरी बढाएको छ। सोसिडाडले दोस्रो स्थानको एट्लेटिको मड्रिडलाई तीन अंकले पछाडि पारेको छ।
भ्रमणकारी सोसिडाडको जितमा इसाकले ६६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। इसाकले एडनान जानुजाजको पासमा गोल गरेका थिए।
जारी १० मध्ये एक खेलमा पराजित भएको, दुई खेल बराबरी खेलेको तथा सात खेलमा विजय हासिल गरेको सोसिडाडले २३ अंक जोडेको छ। जुन एट्लेटिको मड्रिडभन्दा तीन अंकले अगाडि हो।
तथापि एट्लेटिकोले दुई खेल कम खेलेको छ। समान १० खेलमा १९ अंक जोडेको भिल्लारियाल तेस्रो स्थानमा छ। काडिज भने १४ अंकका साथ पाँचौं स्थानमा छ। १७ अंक जोडेको रियाल मड्रिड चौथो स्थानमा छ।
ला लिगाकै अन्य खेलमा डेपोर्टिभो अलाभेस र भ्यालेन्सियाले २-२ को बराबरी खेल्यो भने रियाल भालाडोलिडले ग्रानाडालाई ३-१ ले पराजित गर्याे।
" /> काठमाडौं। एलेक्जेन्डर इसाकको गोलमा रियाल सोसिडाडले गएराति काडिजलाई १-० ले पराजित गर्दै स्पेनिस ला लिगामा शीर्ष स्थानको अंक दूरी बढाएको छ। सोसिडाडले दोस्रो स्थानको एट्लेटिको मड्रिडलाई तीन अंकले पछाडि पारेको छ।भ्रमणकारी सोसिडाडको जितमा इसाकले ६६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। इसाकले एडनान जानुजाजको पासमा गोल गरेका थिए।

">