काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आज जनरल म्यानेजर पदका लागि सात जनाको अन्तर्वार्ता लिएको छ।
क्यानले ३ सेप्टेम्बरमा आवेदन खुला गरेको जनरल म्यानेजर पदका लागि ४५ जनाले आवेदन दिएका थिए।
पहिलो चरणमा ४५ जनाबाट २० जना छनोट गरिएको थियो। त्यसबाट दोस्रो चरणमा सात जनालाई अन्तर्वार्ताका लागि छनोट गरिएको थियो। उक्त सात जनाको आज अन्तर्वार्ता लिइएको क्यानले जनाएको छ।
क्यानले जनरल म्यानेजरसहित मुख्य प्रशिक्षक, चिफ फाइनान्स अफिसर, स्थानीय प्रशिक्षक र क्रिकेट म्यानेजरका लागि आवेदन खुला गरेको थियो।
क्यानले चिफ फाइनान्स अफिसरबाहेक अन्य सबै पदका लागि अन्तर्वार्ता लिइसकेको छ। मुख्य प्रशिक्षकका लागि ७२ जनाको आवदेन परेको थियो। त्यसमा क्यानले १२ जनाको छनोट गरी अन्तर्वार्ता लिएको हो।
क्रिकेट म्यानेजरका चार जनाको आवेदन परेकोमा क्यानले एक जनाको नोभेम्बर १३ मा अन्तर्वार्ता लिएको थियो।