काठमाडौं। सन ह्युङ-मिन र जियाभानी लो सेल्सोको गोलमा टोटेनह्यामले गएराती म्यानचेस्टर सिटीलाई २-० ले पराजित गरेको छ।
सिटी र टोटेनह्यामबीचको खेलले प्रशिक्षक जोजे माउरिन्हो र पेप ग्वार्डिओलाबीचको पुरानो प्रतिद्वन्द्वितालाई सम्झाएको थियो। ग्वार्डिओला र माउरिन्होबीच स्पेनिस ला लिगादेखिको प्रतिद्वन्द्विता छ। ला लिगामा ग्वार्डिओला बार्सिलोनामा थिए भने माउरिन्हो चीर प्रतिद्वन्द्वी क्लब रियाल मड्रिडमा थिए।
घरेलु टीम टोटेनह्यामले सनको गोलबाट पाँचौं मिनेटमा अग्रता लिएको थियो। २७औं मिनेटमा एमरिक लापोर्टेले गरेको गोललाई भिडिओ सहायक रेफ्रीले मान्यता दिएन।
६५औं मिनेटमा ह्यारी केनको पासमा लो सेल्सोले टोटेनह्यामको अग्रता दोब्बर बनाए। सन र लो सेल्सोको त्यही दुई गोल टोटेनह्यामको जितमा पर्याप्त बन्यो।
जितसँगै ९ खेलबाट २० अंक जोडेको टोटेनह्याम शीर्ष स्थानमा उक्लिएको छ। जुन दोस्रो स्थानको चेल्सीभन्दा दुई अंकले माथि हो। एक खेल कम खेलेको सिटी १२ अंकका साथ ११औं स्थानमा छ।
चेल्सीले गएराति नै न्युक्यासल युनाइटेडलाई २-० ले पराजित गरेको थियो। चेल्सीले फेडरिको फर्नान्डेजको आत्मघाती गोलबाट दशौं मिनेटमा अग्रता लिएको थियो। टमी अब्राहमले ६५औं मिनेटमा चेल्सीको अग्रता दोब्बर बनाएका थिए।
जितसँगैले चेल्सीले नौ खेलबाट १८ अंक जोडेको छ। समान खेलबाट ११ अंक जोडको न्युक्यासल भने १४औं स्थानमा छ।
" /> काठमाडौं। सन ह्युङ-मिन र जियाभानी लो सेल्सोको गोलमा टोटेनह्यामले गएराती म्यानचेस्टर सिटीलाई २-० ले पराजित गरेको छ।सिटी र टोटेनह्यामबीचको खेलले प्रशिक्षक जोजे माउरिन्हो र पेप ग्वार्डिओलाबीचको पुरानो प्रतिद्वन्द्वितालाई सम्झाएको थियो। ग्वार्डिओला र माउरिन्होबीच स्पेनिस ला लिगादेखिको प्रतिद्वन्द्विता छ। ला लिगामा ग्वार्डिओला बार्सिलोनामा थिए भने माउरिन्हो चीर प्रतिद्वन्द्वी क्लब रियाल मड्रिडमा थिए।

">