काठमाडौं। क्रिष्टियानो रोनाल्डोले चार मिनेटको अन्तरालमा दुई गोल गरेपछि युभेन्टसले गएराति इटालियन सिरी ‘ए’ मा काग्लिएरीलाई २-० ले पराजित गरेको छ। जितसँगै युभेन्टस दोस्रो स्थानमा उक्लिएको छ।
घरेलु मैदानमा ३८औं मिनेटमा पहिलो गोल गरेका रोनाल्डोले चार मिनेट वित्न नपाउँदै अर्को गोल थपेका थिए। पोर्चुगलका फरवार्ड रोनाल्डोले गरेको त्यही दुई गोल युभेन्टसको जितका लागि पर्याप्त बन्यो।
जितसँगै आठ खेलबाट १६ अंक जोडेको युभेन्टस दोस्रो स्थानमा उक्लियो। जुन शीर्ष स्थानको एसी मिलानभन्दा एक अंकले माथि हो। यद्यपी मिलानले एक खेल कम खेलेको छ। काग्लिएरी भने दश अंकका साथ ११औं स्थानमा छ।
शीर्ष स्थानको मिलानले आज नापोली भ्रमण गर्नेछ। साविक विजेता युभेन्टसले सिरी ‘ए’को शीर्ष पाँचमा रहेका सबै क्लबले भन्दा एक खेल बढी खेलेको छ। त्यसकारण युभेन्टसको दोस्रो स्थान छोटो समयका लागि मात्र हुनसक्छ।
" /> काठमाडौं। क्रिष्टियानो रोनाल्डोले चार मिनेटको अन्तरालमा दुई गोल गरेपछि युभेन्टसले गएराति इटालियन सिरी ‘ए’ मा काग्लिएरीलाई २-० ले पराजित गरेको छ। जितसँगै युभेन्टस दोस्रो स्थानमा उक्लिएको छ।घरेलु मैदानमा ३८औं मिनेटमा पहिलो गोल गरेका रोनाल्डोले चार मिनेट वित्न नपाउँदै अर्को गोल थपेका थिए। पोर्चुगलका फरवार्ड रोनाल्डोले गरेको त्यही दुई गोल युभेन्टसको जितका लागि पर्याप्त बन्यो।

">