काठमाडौं। लिभरपुलका जर्जिनियो विज्नाल्डमले ढिलो गरी गरेको विजयी गोलसँगै पोल्यान्डलाई पराजित गरे पनि नेदरल्यान्ड्स नेसन्स लिगको फाइनलमा पुग्न असफल भएको छ।

कमिल जोज्वियाकले पाँचौँ मिनेटमा गरेको गोलसँगै पहिलो हाफमा १-० ले अगाडि रहेको पोल्यान्डविरुद्ध मेम्फिस डिपेले पेनाल्टी स्पटबाट गोल गर्दै नेदरल्यान्ड्सलाई १-१ को बराबरीमा ल्याएका थिए।

निर्धारित ९० मिनेटको खेल सकिन ६ मिनेट बाँकी रहँदा विज्नाल्डमले गरेको गोलसँगै नेदरल्यान्डले जितका लागि पुनरागमन गरे पनि फाइनलमा पुग्न पर्याप्त हुन सकेन।

अर्कातिर, बोस्निया-हर्जगोभिनालाई २-० ले पराजित गर्दै इटाली समूह 'ए१' को समूह विजेता बन्दै फाइनलमा पुगेको छ।

एन्डेरा बेलोटी र डोमेनिको बेरार्डीले इटालीका लागि एक/एक गोल गरेका थिए। स्पेन, बेल्जियम र फ्रान्स यसअघि नै फाइनलमा पुगिसकेका छन्। फाइनल अर्को वर्षको अक्टोबरमा हुनेछ।

जित पश्चात पनि फाइनलमा पुग्न असफल नेदरल्यान्डले नयाँ प्रशिक्षक फ्रांक डी बोएरको कार्यकालमा पहिलो पटक लगातार दुई खेल जितेको छ। बोएरको नेतृत्वमा खेलेका सुरुआती चार खेलमा नेदरल्यान्ड जितबिहीन बनेको थियो।

" /> काठमाडौं। लिभरपुलका जर्जिनियो विज्नाल्डमले ढिलो गरी गरेको विजयी गोलसँगै पोल्यान्डलाई पराजित गरे पनि नेदरल्यान्ड्स नेसन्स लिगको फाइनलमा पुग्न असफल भएको छ।

कमिल जोज्वियाकले पाँचौँ मिनेटमा गरेको गोलसँगै पहिलो हाफमा १-० ले अगाडि रहेको पोल्यान्डविरुद्ध मेम्फिस डिपेले पेनाल्टी स्पटबाट गोल गर्दै नेदरल्यान्ड्सलाई १-१ को बराबरीमा ल्याएका थिए।

निर्धारित ९० मिनेटको खेल सकिन ६ मिनेट बाँकी रहँदा विज्नाल्डमले गरेको गोलसँगै नेदरल्यान्डले जितका लागि पुनरागमन गरे पनि फाइनलमा पुग्न पर्याप्त हुन सकेन।

अर्कातिर, बोस्निया-हर्जगोभिनालाई २-० ले पराजित गर्दै इटाली समूह 'ए१' को समूह विजेता बन्दै फाइनलमा पुगेको छ।

एन्डेरा बेलोटी र डोमेनिको बेरार्डीले इटालीका लागि एक/एक गोल गरेका थिए। स्पेन, बेल्जियम र फ्रान्स यसअघि नै फाइनलमा पुगिसकेका छन्। फाइनल अर्को वर्षको अक्टोबरमा हुनेछ।

जित पश्चात पनि फाइनलमा पुग्न असफल नेदरल्यान्डले नयाँ प्रशिक्षक फ्रांक डी बोएरको कार्यकालमा पहिलो पटक लगातार दुई खेल जितेको छ। बोएरको नेतृत्वमा खेलेका सुरुआती चार खेलमा नेदरल्यान्ड जितबिहीन बनेको थियो।

"> पोल्यान्ड १-२ नेदरल्यान्ड्स: जितका बाबजुद फाइनलमा पुगेन डच टीम: Dekhapadhi
पोल्यान्ड १-२ नेदरल्यान्ड्स: जितका बाबजुद फाइनलमा पुगेन डच टीम
काठमाडौं। लिभरपुलका जर्जिनियो विज्नाल्डमले ढिलो गरी गरेको विजयी गोलसँगै पोल्यान्डलाई पराजित गरे पनि नेदरल्यान्ड्स नेसन्स लिगको फाइनलमा पुग्न असफल भएको छ।

कमिल जोज्वियाकले पाँचौँ मिनेटमा गरेको गोलसँगै पहिलो हाफमा १-० ले अगाडि रहेको पोल्यान्डविरुद्ध मेम्फिस डिपेले पेनाल्टी स्पटबाट गोल गर्दै नेदरल्यान्ड्सलाई १-१ को बराबरीमा ल्याएका थिए।

निर्धारित ९० मिनेटको खेल सकिन ६ मिनेट बाँकी रहँदा विज्नाल्डमले गरेको गोलसँगै नेदरल्यान्डले जितका लागि पुनरागमन गरे पनि फाइनलमा पुग्न पर्याप्त हुन सकेन।

अर्कातिर, बोस्निया-हर्जगोभिनालाई २-० ले पराजित गर्दै इटाली समूह 'ए१' को समूह विजेता बन्दै फाइनलमा पुगेको छ।

एन्डेरा बेलोटी र डोमेनिको बेरार्डीले इटालीका लागि एक/एक गोल गरेका थिए। स्पेन, बेल्जियम र फ्रान्स यसअघि नै फाइनलमा पुगिसकेका छन्। फाइनल अर्को वर्षको अक्टोबरमा हुनेछ।

जित पश्चात पनि फाइनलमा पुग्न असफल नेदरल्यान्डले नयाँ प्रशिक्षक फ्रांक डी बोएरको कार्यकालमा पहिलो पटक लगातार दुई खेल जितेको छ। बोएरको नेतृत्वमा खेलेका सुरुआती चार खेलमा नेदरल्यान्ड जितबिहीन बनेको थियो।

प्रतिक्रिया दिनुहोस्