अन्तर्राष्ट्रिय ब्रेक पोग्बाका लागि फर्म हासिल गर्न सहयोगी हुने फ्रान्सेली प्रशिक्षकको विश्वास <p>एजेन्सी। फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेशच्याम्पसले अन्तर्राष्ट्रिय ब्रेकले उच्च फर्मका लागि संघर्षरत पाउल पोग्बालाई म्यानचेस्टर युनाइटेड पुनरागमनमा सहयोग मिल्ने विश्वास व्यक्त गरेका छन्।</p> <p>प्रिमियर लिगको महारथी टोलीमा संघर्षरत पोग्बा मंगलबार राति फ्रान्सले नेशन्स लिगअन्तर्गतको खेलमा स्विडेनलाई ४&ndash;२ को नतिजामा हराउँदा पूरा ९० मिनेट खेलेका थिए।</p> <p>स्विडेनविरुद्ध पोग्बाको प्रदर्शनबाट सन्तुष्ट प्रशिक्षक डेशच्याम्पसले भने, &ldquo;पक्कै पनि पोग्बासँग आत्मप्रतिष्ठा धेरै होला। तर त्योभन्दा बढि उनी प्रतिभावान खेलाडी हुन्। रक्षा गर्नुपर्ने बेला उनी त्यसका लागि सधै सक्षम रूपमा प्रस्तुत हुन्छन्। उनी गोलका लागि उत्कृष्ट पासहरु मिलाउन पनि माहिर छन्। राष्ट्रिय टिममा उनले प्रदर्शन गरेको फर्मले उनलाई म्यानचेस्टर युनाइटेडमा सहयोग मिल्नेछ।&rdquo;</p> <p>प्रिमियर लिगमा सात खेल खेले पनि पोग्बाले अहिलेसम्म एउटै गोल गर्न सकेका छैनन्। २०१६ मा युभेन्टसबाट युनाइटेड फर्किएयता पोग्बाको प्रदर्शन यसपाली सबभन्दा कमजोर देखिएको छ। प्रति ९० मिनेट यसपाली उनले ५७.७ मात्र पास खेल्न सकेका छन्। त्यसमा पनि सफल पास ४६.१ मात्र छ। यो २०१६ यता युनाइटेडमा उनको सबभन्दा खराब प्रदर्शन हो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्