काठमाडौं। निकोलस गोञ्जालेज र लाउटारो मार्टिनेजको गोलप्रेरित अर्जेन्टिनाले आज बिहान फिफा विश्वकप छनोट प्रतियोगितामा पेरुलाई २–० ले पराजित गरेको छ।
अर्जेन्टिनाले २००४ पछि पहिलो पटक पेरूमाथि विजय हासिल गरेको हो। लियोनल स्कालोनीको अर्जेन्टिनाले विश्वकप छनोट प्रतियोगिताको चारमध्ये तीन खेलमा विजय हासिल गरेको छ भने एक खेल बराबरी खेलेको छ। अर्जेन्टिनाले पछिल्लो खेलमा पाराग्वेसँग बराबरी खेलेको थियो।
भ्रमणकारी अर्जेन्टिनाले १७औं मिनेटमा गोन्जालेजको गोलबाट अग्रता लिएको थियो। २८औं मिनेटमा मार्टिनेजले अग्रता दोब्बर बनायो। यससँगै अर्जेन्टिनाले ११ खेलसम्म अपराजित यात्रालाई कायम राखेको छ।
जितसँगै चार खेलबाट १० अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा छ। जुन शीर्ष स्थानको ब्राजिलभन्दा दुई अंकले कम हो। एक अंक जोडेको पेरु भने पुछारबाट दोस्रो स्थानमा छ।
" /> काठमाडौं। निकोलस गोञ्जालेज र लाउटारो मार्टिनेजको गोलप्रेरित अर्जेन्टिनाले आज बिहान फिफा विश्वकप छनोट प्रतियोगितामा पेरुलाई २–० ले पराजित गरेको छ।अर्जेन्टिनाले २००४ पछि पहिलो पटक पेरूमाथि विजय हासिल गरेको हो। लियोनल स्कालोनीको अर्जेन्टिनाले विश्वकप छनोट प्रतियोगिताको चारमध्ये तीन खेलमा विजय हासिल गरेको छ भने एक खेल बराबरी खेलेको छ। अर्जेन्टिनाले पछिल्लो खेलमा पाराग्वेसँग बराबरी खेलेको थियो।

">