काठमाडौं। चेल्सीका फरवार्ड ओलिभर जिरौडको दुई गोलप्रेरित फ्रान्सले गएराति स्विडेनमाथि ४-२ को नतिजा निकाल्दै युईएफए नेसन्स लिग ‘ए’को फाइनलमा स्थान बनाएको छ।
जित्नै पर्ने दबाबमा रहेको फ्रान्स सुरूमा एक शून्यले पछि परेको थियो। स्विडेनले भिक्टोर क्लासेनको गोलबाट चौथो मिनेटमै अग्रता लिएको थियो। १६औं मिनेटमा जिरौडले बराबरी गोल फर्काए। ३६औं मिनेटमा बेन्जामिन पाभार्डले गरेको गोलबाट फ्रान्सले अग्रता लियो।
५९औं मिनेटमा जिरौडले व्यक्तिगत दोस्रो गोल गरे। फ्रान्सका लागि जिरौडको यो ४४औं गोल हो। जुन आर्सनलका पूर्वफरवार्ड थिएरी अनरीको कीर्तिमानभन्दा सात गोलले पछाडि हो।
८८औं मिनेटमा रोबिन क्विसनले गरेको गोलबाट स्विडेनले पुनरागमनको प्रयास गरेको थियो। तर इन्जुरी समयमा किङ्सले कोम्यानले अर्को गोल थपेपछि फ्रान्सले सहज विजय हासिल गर्यो।
जितसँगै फ्रान्स युर्ईएफए नेसन्स लिग ‘ए’मा समूह तीनको शीर्ष स्थानमा रहदै फाइनल चरणमा स्थान बनाएको छ। पराजित स्विडेन भने पुछारमा रहेर लिग ‘बी’ मा रेलिगेट भएको भएको छ। फ्रान्स १६ अंकका साथ शीर्ष स्थानमा रहँदा पोर्चुगल १३ अंकका साथ दोस्रो स्थानमा छ। क्रोएसिया तीन अंकका साथ तेस्रो स्थानमा छ।
" /> काठमाडौं। चेल्सीका फरवार्ड ओलिभर जिरौडको दुई गोलप्रेरित फ्रान्सले गएराति स्विडेनमाथि ४-२ को नतिजा निकाल्दै युईएफए नेसन्स लिग ‘ए’को फाइनलमा स्थान बनाएको छ।जित्नै पर्ने दबाबमा रहेको फ्रान्स सुरूमा एक शून्यले पछि परेको थियो। स्विडेनले भिक्टोर क्लासेनको गोलबाट चौथो मिनेटमै अग्रता लिएको थियो। १६औं मिनेटमा जिरौडले बराबरी गोल फर्काए। ३६औं मिनेटमा बेन्जामिन पाभार्डले गरेको गोलबाट फ्रान्सले अग्रता लियो।

">