काठमाडौं। कोरोना भाइरस महामारीका कारण पहिलो रोजाईका ७ खेलाडीविना भ्रमणमा निस्केको नेपाली राष्ट्रिय टोलीले ढाकाको बंगबन्धु रंगशालामा बंगलादेशविरुद्ध सम्पन्न मुजिब बोर्सो फिफा इन्टरनेसनल फुटबल शृंखलामा १–० को हार बेहोरेको छ।
शुक्रबार सम्पन्न पहिलो खेलमा २–० को हार भोगेको नेपाली राष्ट्रिय टोलीले आज भएको दोस्रो खेलमा घरेलु टोली बंगलादेशसँग गोलरहित नतिजामा चित्त बुझायो। नवयुग श्रेष्ठको प्रहार पोष्टमा लागेर फर्किँदा नेपाल अन्तिम खेलमा जित निकाल्दै शृंखलामा बराबरी गर्ने मौकामा चुक्यो।
कोरोना भाइरसको संक्रमणका कारण राष्ट्रिय टोलीका ६ नियमित खेलाडी ढाकामा सम्पन्न मैत्रीपूर्ण शृंखलामा टोलीको साथमा थिएनन्। टिमका अर्का मुख्य खेलाडी रोहित चन्द चोटका कारण भ्रमणमा थिएनन्। चोट तथा कोरोना भाइरस संक्रमणका कारण बंगलादेश भ्रमणमा अनुपस्थितमध्ये पाँच खेलाडी पहिलो रोजाईका थिए।
कोरोना भाइरस महामारीका कारण नेपाली राष्ट्रिय टोली झण्डै एक वर्षपछि मैदान उत्रिएको हो।
" /> काठमाडौं। कोरोना भाइरस महामारीका कारण पहिलो रोजाईका ७ खेलाडीविना भ्रमणमा निस्केको नेपाली राष्ट्रिय टोलीले ढाकाको बंगबन्धु रंगशालामा बंगलादेशविरुद्ध सम्पन्न मुजिब बोर्सो फिफा इन्टरनेसनल फुटबल शृंखलामा १–० को हार बेहोरेको छ।शुक्रबार सम्पन्न पहिलो खेलमा २–० को हार भोगेको नेपाली राष्ट्रिय टोलीले आज भएको दोस्रो खेलमा घरेलु टोली बंगलादेशसँग गोलरहित नतिजामा चित्त बुझायो। नवयुग श्रेष्ठको प्रहार पोष्टमा लागेर फर्किँदा नेपाल अन्तिम खेलमा जित निकाल्दै शृंखलामा बराबरी गर्ने मौकामा चुक्यो।

">