एजेन्सी। युभेन्टसका पूर्व मिडफिल्डर क्लाउडियो मार्चिसियोले म्यानचेस्टर युनाइटेडका स्टार पाउल पोग्बालाई इटालियन सिरी ‘ए’को महारथी फर्किएर ‘फेरि खुसी हुन’ सुझाएका छन्।
युभेन्टसबाट २०१६ मा ओल्ड ट्राफोर्ड फर्किएका पोग्बाले फेरी युनाइटेड छोड्न चाहेको चर्चा छ। फ्रान्सेली राष्ट्रिय टोलीले आफूलाई पूर्नताजगी दिएको बताउँदै २७ वर्षे पोग्बाले युनाइटेडमा आफू खुसी नरहेको संकेत गरेका थिए।
युनाइटेडसँग उतारचढावपूर्ण सम्बन्ध रहँदै आएका पोग्बालाई भित्रयाउन उनकै पूर्व क्लब युभेन्टस र रियाल मड्रिड इच्छुक रहेको बताइएको छ। यही सन्दर्वमा उनका पूर्वटिम सहयात्री मार्चिसियोले पोग्बा युभेन्टस फर्किनुपर्ने बताएका हुन्।
“पाउल पोग्बा युभेन्टसमा आउ, तिमी फेरी खुसी हुने छौ,” मार्चिसियोले पोग्बाको ट्विटको उत्तर दिँदै लेखेका छन्।
पोग्बाले २०१२ देखि २०१६ सम्म चार सिजन युभेन्टसमा बिताएका थिए। त्यसक्रममा सबै चार सिजन सिरी ‘ए’ जितेका पोग्बाले युभेन्टसबाट दुई पटक कोपा इटालिया र दुई पटक सुपरकोमा इटालियानाको उपाधि पनि जितेका थिए।
ओले गनर सोल्सायरको युनाइटेडमा पोग्बाले जारी सिजनमा सात खेल खेलेका छन्। जारी सिजनमा पोग्बाले एउटै गोल र गोलका लागि पास उपलब्ध गराउन सकेका छैनन्। टोली इङलिस प्रिमियर लिग अंक तालिकाको १४औं स्थानमा छ।
" /> एजेन्सी। युभेन्टसका पूर्व मिडफिल्डर क्लाउडियो मार्चिसियोले म्यानचेस्टर युनाइटेडका स्टार पाउल पोग्बालाई इटालियन सिरी ‘ए’को महारथी फर्किएर ‘फेरि खुसी हुन’ सुझाएका छन्।युभेन्टसबाट २०१६ मा ओल्ड ट्राफोर्ड फर्किएका पोग्बाले फेरी युनाइटेड छोड्न चाहेको चर्चा छ। फ्रान्सेली राष्ट्रिय टोलीले आफूलाई पूर्नताजगी दिएको बताउँदै २७ वर्षे पोग्बाले युनाइटेडमा आफू खुसी नरहेको संकेत गरेका थिए।

">