एजेन्सी। बार्सिलोनाका स्पेनीस युवा अन्तर्राष्ट्रिय खेलाडी पेड्रीले आफूलाई अनुबन्ध नगरेकोमा रियाल मड्रिडलाई धन्यवाद दिएका छन्।
रियालले अनुबन्ध नगरेका कारण आफूले चाहेजस्तै बार्सिलोनामा पुगेको भन्दै उनले यस्तो बताएका हुन्।
१७ वर्षे पेड्री जुलाईमा लस पाल्मसबाट बार्सिलोना सरुवा भएका थिए। बार्सिलोना आएयता जारी सिजनमा टोलीका लागि १० खेलमा उनले दुई गोल गरिसकेका छन्।
बार्सिलोनासँग अनुबन्ध हुनुअघि पेड्रीले रियाल मड्रिडमा ट्रायल दिएका थिए। तर, रियालले अस्विकार गरेपछि उनको भाग्यले बार्सिलोनाको बाटो पाएको थियो।
“म ट्रायलका लागि रियाल मड्रिड गएको थिए। तर, उनीहरुले मलाई स्तर नपुग्ने भनेर अस्विकृत गरे,” उनले भने, “उनीहरुले मलाई अस्वीकृत गरेकोमा अहिले धन्यवाद दिन चाहन्छु। उनीहरुले त्यसो नगरेको भए अहिले म यहाँ हुन्नथे। रियालबाट अस्वीकृत भएकै कारण म अहिले आफूले सधै सपना देखेको क्लब बार्सिलोनामा छु।”
स्पेनिस ला लिगामा हाल बार्सिलोना शीर्ष स्थानको रियाल सोसिडाडभन्दा ९ अंकले पछि रहँदै आठौं स्थानमा छ। तथापि टोलीले दुई खेल कम खेलेको छ।
पेड्रीका लागि भने बार्सिलोनासँगको अनुबन्धन अत्यन्तै उत्साहजनक रहिरहेको छ। तीन खेलमा पहिलो रोजाईबाट मैदान उत्रिने मौका पाएका उनले ६ पटकका बालन डी अर विजेता लियोनेल मेसीसँग खेल्ने मौका पाइरहेका छन्।
“पक्कै पनि अरू धेरै केटाकेटीजस्तै मैले पनि मेसीसँग खेल्ने सपना देखेको थिए। अहिले त्यो सपना पूरा भएको छ। हामी दुवै एउटै जर्सीमा, एउटै क्लबका लागि सँगै मैदान उत्रिन्छौं, मेरा लागि यो निक्कै ठूलो कुरा हो”, उनले भने।
बार्सिलोनाले लिगमा आगामी खेलका लागि शनिबार एट्लेटिको मड्रिडको भ्रमण गर्नेछन्।
" /> एजेन्सी। बार्सिलोनाका स्पेनीस युवा अन्तर्राष्ट्रिय खेलाडी पेड्रीले आफूलाई अनुबन्ध नगरेकोमा रियाल मड्रिडलाई धन्यवाद दिएका छन्।रियालले अनुबन्ध नगरेका कारण आफूले चाहेजस्तै बार्सिलोनामा पुगेको भन्दै उनले यस्तो बताएका हुन्।

">