पिएसजीको प्राथमिकतामा रामोसभन्दा एम्बाप्पे र नेइमार अगाडि <p>काठमाडौं। फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी)ले सर्जियो रामोसमा नभई आफू किलियन एमबाप्पे र नेइमारमा केन्द्रित भएको जनाएको छ।&nbsp;</p> <p>जारी सिजनको अन्त्यसँगै रियाल मड्रिडसँगको सम्झौता सकिएपछि रामोस पिएसजी सरुवा हुने चर्चा छ। तर, पिएसजीले भने रामोस भित्रयाउने भन्दा एमबाप्पे र नेइमारको सम्झौता नवीकरण क्लबको प्राथमिकतामा अगाडि रहेको जनाएको छ।&nbsp;</p> <p>एमबाप्पे र नेइमार दुवैको पिएसजीसँग सम्झौता २०२२ मा सकिनेछ। त्यसपछिका लागि वर्तमान विश्व फुटबलका दुई मुख्य स्टारलाई भित्रयाउन युरोपका थुप्रै शीर्ष क्लबहरुले आँखा लगाइरहेका छन्।</p> <p>२०१७ देखि पिएसजीमा रहेका दुई स्टार एमबाप्पे र नेइमारको प्रेरणामा टोलीले प्रत्येक सिजन फ्रान्सेली लिग वानको उपाधि जितिरहेको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्