काठमाडौं। लिभरपुलका मिडफिल्डर जर्जिनो विजनाल्डमको दुई गोलप्रेरित नेदरल्यान्डले युईएफए नेसन्स लिगमा बोस्निया-हर्जगोभिनामाथि ३-० को सहज विजय हासिल गरेको छ।
जारी सिजन नेसन्स लिगको पाँच खेलमा नेदरल्यान्डको दोस्रो जित हो। नियमित कप्तान भर्जिल भान डाइक घाइते भएपछि कप्तानको नेतृत्व गर्ने जिम्मेवारी पाएका विजनाल्डमले छैटौं मिनेट नेदरल्यान्डलाई अग्रता दिएका थिए। त्यसको आठ मिनेट बित्न नपाउँदै विज्नाल्डमले अग्रता दोब्बर बनाए।
५५औं मिनेटमा मेम्फिस डीपेले तेस्रो गोल थपे। ६३औं मिनेटमा स्माइल प्रेभिलजाकले गरेको गोल बोस्निया-हर्जगोभिनाका लागि सान्त्वाना बन्यो। प्रतियोगितामा बोस्निया-हर्जगोभिनाले अहिलेसम्म विजयी नतिजा निकाल्न सकेको छैन।
जितसँगै नेदरल्यान्ड दोस्रो स्थानमा उक्लिएको छ। नेदरल्यान्डले आठ अंक जोडेको छ। समूहचरणको एक खेल बाँकी हुँदा इटाली ९ अंकका साथ शीर्ष स्थानमा छ।
युईएफ नेसन्स लिग ‘ए’ को समूहमा एकमा इटालीले गएराति नै पोल्यान्डलाई २-० ले पराजित गरेको थियो।
" /> काठमाडौं। लिभरपुलका मिडफिल्डर जर्जिनो विजनाल्डमको दुई गोलप्रेरित नेदरल्यान्डले युईएफए नेसन्स लिगमा बोस्निया-हर्जगोभिनामाथि ३-० को सहज विजय हासिल गरेको छ।जारी सिजन नेसन्स लिगको पाँच खेलमा नेदरल्यान्डको दोस्रो जित हो। नियमित कप्तान भर्जिल भान डाइक घाइते भएपछि कप्तानको नेतृत्व गर्ने जिम्मेवारी पाएका विजनाल्डमले छैटौं मिनेट नेदरल्यान्डलाई अग्रता दिएका थिए। त्यसको आठ मिनेट बित्न नपाउँदै विज्नाल्डमले अग्रता दोब्बर बनाए।

">